काठमाडौँ । स्थापित योजना बहुउद्देश्य सहकारी संस्था लिमिटेड, नयाँबजार, काठमाडौँको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रदिप भट्टको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अध्यक्ष भट्टद्वारा प्रस्तुत संस्थाको आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन आगामी बजेटसम्बन्ध लाभांश वितरण सम्बन्ध पारित गरेको छ भने आगामी आवको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धलगायतका विषयहरु उपर छलफल गरी सभामा अनुमोदन गरिएको थियो ।
साधारण सभामा संस्थाले प्रस्तुत गरेको वासलात हिसाब अनुसार चालु आ.व. २०८२/०८३ असार मसान्तसम्ममा संस्थाको सेयर पूँजी चार करोड ८६ लाख ४० हजार पाच सय रुपैयाँ पुगेको छ ।
निक्षेप दायित्वतर्फ २८ करोड ५८ लाख २० हजार ३२ रुपैयाँ भएको छ भने कर्जा लगानी २४ करोड ५४ लाख ८६ हजार नौ सय ५९ रुपैयाँ भइ संस्थाको जगेडा कोषमा एक करोड ९७ लाख १६ हजार पाच सय ७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै असार मसान्तसम्म विविध कारोबार गरी संस्थाले ४२ करोड नौ लाख दस रुपैयाँ बराबरको कुल कारोबार गरेको संस्थाले जनाएको छ ।
गत वर्षको तुलनामा चार करोड रूपैयाँ वृद्धि भएको समेत संस्थाले जानकारी दिएको छ । साधारण सभामा संस्थाले आ.व. २०८२/०८३ मा उत्कृष्ट कारोबार गर्ने सदस्यहरू भगवती न्यौपाने सुरेश खतिवडा डिलकुमार श्रेष्ठ नहकुल भट्ट तथा रामकुमार अर्याललाई सम्मान गरेको थियो ।
यसैगरी एसइइ परीक्षामा उत्कृष्ट अङ्क ल्याउने संस्थाका सदस्यका छोराछोरीहरूलाई समेत सम्मान गरिएको थियो ।
साधारण सभामा सहकारीकर्मी अभियन्ता समाजसेवी संस्थामा आबद्ध सदस्यहरू कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
साथै आउँदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदान-प्रदान गरी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।

