२०८३, कार्तिक ११ गते बुधबार

अर्थमन्त्री डा. वाग्ले : नेपालमा लगानी गरेका बहुराष्ट्रिय वीस ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल

अर्थमन्त्री डा. वाग्ले : नेपालमा लगानी गरेका बहुराष्ट्रिय वीस ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल


  • मेरोभ्यूज
  • श्रावण २८, २०८३ बिहीबार

  • अर्थमन्त्री डा. वाग्ले : नेपालमा लगानी गरेका बहुराष्ट्रिय वीस ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल

     

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै ।

    आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका वीस ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेको हो ।

    छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ ।

    छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गरे ।

    यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसक्नुभएको छ ।

    यस्तै, उनले नेपालका 'क' वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसक्नुभएको छ ।


    प्रकाशित : बिहीबार , श्रावण २८ २०८३०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार