२०८३, कार्तिक १२ गते बिहीबार

बेर्ना उमारेरै घरखर्चको जोहो

बेर्ना उमारेरै घरखर्चको जोहो


  • मेरोभ्यूज
  • कार्तिक २७, २०८१ मंगलबार

  • बेर्ना उमारेरै घरखर्चको जोहो

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआएको छ । तीन कठ्ठा जग्गामा उनले तरकारीको बेर्ना उमारेको छ ।

    रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन् । भदौको अन्तिम सातादेखि नर्सरीमा बिरुवा उमार्न थालेका रानाले असोजको दोस्रो सातादेखि बिरुवा बिक्री गर्न थालेको हो ।

    पाँच वर्षदेखि उनी यस कार्यमा संलग्न रहँदै आएको छ । गत वर्षको यसै अवधिमा नर्सरीबाट ३० हजार बिरुवा बिक्री भएका थिए । यस वर्ष लगातार वर्षा हुँदा नर्सरीमा १५ हजार मात्र बिरुवा बिक्री भएको रानाले बताए ।

    “तरकारीका बिरुवा बिक्रीबाट एउटा याममा रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उनले भने–“आधीभन्दा बढी बिरुवा नर्सरीबाटै बिक्री हुन्छ ।” बिरुवा बिक्री गर्न साइकलमा गाउँगाउँसम्म पुग्ने गरेको उनले बताए ।

    अन्य तरकारीका बिरुवा बिक्री गरेपछि प्याजको बेर्ना तयार गर्ने रानाले बताए । तरकारी र प्याजका बिरुवा खरिद गर्नेहरु अधिकांश व्यवसायीकरुपमा तरकारी खेती गर्ने किसान रहेका छन् ।

    तरकारी र प्याजका बिरुवा तयार गर्न बीउ खरिद, प्लाष्टिक खरिद गर्न तथा खनजोत गर्न रु एक लाखसम्म खर्च हुने उनको भनाइ छ ।

    नर्सरीमा बिरुवा हुर्काउन घरमै गाइगोरुको मलमुत्रबाट तयार गरिएको प्राङ्गारीक मल र जैविक विषादीको प्रयोग गर्ने गरेको राना बताउँछन् ।

    तरकारी र प्याजका बिरुवा बिक्री गरेर प्राप्त हुने आम्दानीबाट रानाले घरखर्च चलाएको छ । “विभिन्न कामका लागि बेला बेलामा काढेको ऋण नर्सरीमा उत्पादित बिरुवा बेचेर तिर्ने गरेको छु, घरखर्च सबै यसबाटै धानेको छु”, रानाले भने ।

    उन्नत जातको बीउ उत्पादन गर्ने रानाको नर्सरीबाटै बीउ बिक्री हुन्छ । नर्सरीमा बिरुवाको हेरचाह गर्ने, मल राख्ने, जैविक विषादी छर्कने कार्यमा रानाकी श्रीमती मुन्नीले पनि सहयोग गर्दैआएको छ ।

    बेदकोट नगरपालिकाको चम्फापुरस्थित ससुरालीमा दुई दशक अघि तरकारीको नर्सरी बनाएर बिरुवा बेच्दै गरेको राना बीउ उत्पादनतर्फ लागेको हो । “ससुरालीमै बसेर नर्सरीको काम सिके”, उनले भने, “अनुभव बटुलेपछि आफ्नै जग्गामा नर्सरी बनाएर बिरुवा बिक्री गर्न थाले ।” रानाले हालसम्म नर्सरीका लागि सरकारी पक्षबाट न त तालिम न अनुदान नै पाएको छ । “तालिम तथा सरकारी अनुदान पाउन सके अझै राम्रो गर्न सकिन्थ्यो की जस्तो लागेको छ”, उनले जानकारी गराए ।


    प्रकाशित : मंगलबार, कार्तिक २७ २०८१०९:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार