२०८३, कार्तिक १२ गते बिहीबार

आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल

आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल


  • मेरोभ्यूज
  • मंसिर ४, २०८१ मंगलबार

  • आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल

    रामपुर,पाल्पा । रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिकरूपमा सागसब्जीखेती सुरु गरेको छ । दुई दशक विदेश मजदूरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेको हो ।

    “लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ फर्केलगत्तै जग्गा भाडामा लिएर सागसब्जीखेती सुरु गरेको छु, अहिले सागसब्जी, रोप्ने र रेखदेखमै व्यस्त छु”, उनले भने ।

    उनले तीन वर्षका लागि वार्षिक रु ४० हजारमा जग्गा भाडामा लिएको हो । बेमौसमी सागसब्जी उत्पादनलाई जोड दिएका भुसालले काउली, ब्रोकाउली, बन्दा, धनियाँ, मुलालगायत सागसब्जी रोपेको छ ।

    व्यवसाय सुरु गरेको पहिलो वर्षमा नै प्रशस्त आम्दानी भएपछि भुसाललाई सागसब्जीखेतीमा उत्साह थपिएको छ । एक वर्षमा उनले रु चार लाख आम्दानी गरेको बताए । वार्षिकरूपमा रु सात लाखसम्म आम्दानी गर्ने उनको लक्ष्य छ ।

    “अर्काको देशमा धेरै दुःख छ, विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ, दिनमा कम्तीमा पनि १२ देखि १५ घण्टाको काम गर्नुपर्छ, तैपनि कामअनुसारको पारिश्रमिक पाइँदैन, आफ्नो देशमा आनन्दले परिवारका साथमा काम गर्न पाइन्छ, यसमै आनन्द छ”, विदेशमा आफूले भोगेको अनुभव उनले सुनाए ।

    उद्यमी भुसाललाई आफ्ना उत्पादन बिक्रीको कुनै चिन्ता छैन । उनले उत्पादन गरेका सागसब्जी रामपुर बजारमा बिक्री हुने गरेको छ । व्यापारीले घरमा नै आएर खरिद पनि गर्ने गरेका छन् ।


    प्रकाशित : मंगलबार, मंसिर ४ २०८१०९:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार