काठमाडौँ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हालै नयाबानेश्वर काठमाडौँमा कम्पनीकी अध्यक्ष सीता आचार्यको सभापतित्वमा आठौँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभाले कम्पनीको आव २०८०/०८१ को बार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षण प्रतिवेदनसहित वित्तिय विवरण तथा आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, ८ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न । अधिकृत पूजी रु दुई अर्ब रहेको कम्पनीको जारी पूजी एक अर्ब ५ करोड रहेको छ ।
आव २०८०/०८१ को कर्जा भुक्तानी विवरणअन्तर्गत जम्मा लिएको कर्जा दुई अर्ब ५ करोड १४ लाख ११ हजार हुँदा रु ३३ करोड दुई लाख ५९ हजार ३९६ कर्जा भुक्तान गरिएको छ भने भुक्तान गर्न बाकी रु एक अर्ब ७२ करोड ११ लाख ५१ हजार ६०४ हुन आएको छ । त्यसैगरी यस बर्ष कम्पनीले रु ६ लाख ६८ हजार ७५५ र अन्य आम्दानी गर्न सफल भएको छ ।

