रिडी पावर कम्पनीको २३औं बार्षिक साधारणसभा
काठमाडौँ ।
रिडी पावर कम्पनी लिमिटेडको २३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष कुवेरमणि नेपालको सभापतित्वमा गौशालामा शुक्रबार सम्पन्न सो साधारणसभाले आव २०८०/०८१ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ भने आव २०८०/०८१ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्दै प्रस्तावित पूँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त रकम रु ७७,४४,५०,६०० लगानी स्वीकृत गर्नेलागायत प्रस्तावहरु साधारणसभाबाट पारित गरेको छ ।
चालू आवमा कम्पनीको शेयर पूजी रु २३२.३३ करोड भएको छ भने कम्पनीको ऋण रु १४५.२ करोड हुँदा संचिती ऋणात्मक रू १३.८७ करोडको भएको छ ।
त्यसैगरी यस बर्ष कम्पनीले १,१४,१८,२८८ किलोवाट घण्टा विद्युत उत्पादन गरि ४ करोड ९३ लाख २३ हजार ७५१ रुपैयाँ आम्दानी गर्न सफल भएको साधारणसभामा जानकारी गराइएको थियो ।
प्रकाशित :
शनिबार, मंसिर ८ २०८१०८:४४
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।