काठमाडौँ । चन्द्रागिरि बचत तथा ऋण सहकारी सस्था लि, थानकोट, चन्द्रागिरि, काठमाडौँले बुधबार लाजिम्पाटमा २३औं बार्षिक साधारणसभाकाे पहिलाे इकाइ सभा सम्पन्न गरेको छ ।
सस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष कुँवरद्वारा प्रस्तुत आव २०८०/०८१ बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले आव २०८०/०८१ को लेखासुपरिवेक्षण, लेखापरीक्षण प्रतिबेदन पारित गर्दै आव २०८१/०८२ को लागि प्रस्तावित तथा बजेट सम्बन्ध, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गरि सहकारी एकीकरण गर्ने, लाभांश वितरण, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरू साधारणसभामा पारित भएका छ्न ।
सस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठद्वारा आव २०८०/०८१ को प्रस्तावित कार्यक्रम तथा बजेट बारे प्रकाश पारिएको सो साधारणसभामा दिइएको जानकारी अनुसार चालु आवमा सस्थाको शेयर पूजी २१ करोड १६ लाख ३५ हजार ४०० रुपैयाँको भएको छ भने ऋण लगानी २ अर्व २० करोड ९९ लाख ५८ हजार २४१ रुपैयाँ ५१ पैसाको हुँदा बचत निक्षेप २ अर्व ९७ करोड ७८ लाख ३५ हजार ६५० रुपैयाँ ५१ पैसाको हुन आएको छ ।
त्यसैगरी विविध कारोबार गरि चालू आव २०८१ मसान्तसम्म ३ अर्व ३८ करोड १७ लाख १९ हजार ६५८ रुपैयाँ ४१ पैसाको कुल कारोबार गर्न सस्था सफल भइ उदाहरणीय सहकारी बनेको छ ।
साधारणसभामा सहकारी अभियन्ता, कास्कुन, नेफ्स्कुन तथा सहकारीमा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने साधारणसभाले सस्थाका संचालक सदस्य शिवशंकर मानन्धरलाई आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित गर्दै अन्य पदाधिकारीहरुसमेत चयन गरेको छ ।
नयाँ निर्वाचित पदाधिकारीहरुलाई आगामी मङ्सिर १८ मा हुने प्नमाणिकीकरणसभामा संस्थाकाे कार्यभार हस्तान्तरण गरिने साधारणसभामा जानकारी गराइएको थियो साथै अन्य विविध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

