काठमाडौँ । नेपाल सहकारी संस्था लिमिटेड, बागबजार, काठमाडौँले २९औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कान्तिपथ, काठमाडौंमा संस्थाका अध्यक्ष राकेशकुमार सिंहको सभापतित्व तथा बिश्व हिन्दु महासंघका अध्यक्ष पुरुषोत्तम भण्डारीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न सो साधारणसभाले सस्थाका अध्यक्ष सिंहद्वारा प्रस्तुत बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखा सुपरिवेक्षण, लेखापरीक्षक प्रतिबेदन साधारणसभाले पारित गरेको छ भने आव २०८१ को वासलात, नाफानोक्सान, नगद प्रवाह विवरणका साथै आव २०८१/०८२ को संस्थाको नीति तथा कार्यक्रम सम्बन्ध, लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने सम्बन्ध, सस्थालाई अधिकार दिइनेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
वासलात विवरण अनुसार चालू आवमा संस्थाको शेयर पूजी ४ करोड ५३ लाख ६ हजार ९०० रुपैयाँको हुँदा निक्षेप २४ करोड ११ लाख २३ हजार ३७२ रुपैयाँको भएको छ । २३ करोड ३९ लाख ८६ हजार ६०६ रुपैयाँ कर्जा लगानी रहेको सो सहकारीले चालू आवमा ३५ करोड १९ लाख ७२ हजार ६७ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।
कार्यक्रममा धार्मिक ब्याक्तित्व, इन्जिनियर, सहकारीकर्मी सस्थासङ्ग आवद्ध कारोबारीलगायतको उपस्थिति रहनुका साथै विविध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

