२०८३, कार्तिक १२ गते बिहीबार

श्रमज्योति बचतको २४औं बार्षिक साधारणसभा, करोबार रु. एक अर्व ३३ करोड नाघ्यो

श्रमज्योति बचतको २४औं बार्षिक साधारणसभा, करोबार रु. एक अर्व ३३ करोड नाघ्यो


  • मेरोभ्यूज
  • मंसिर १५, २०८१ शनिबार

  • श्रमज्योति बचतको २४औं बार्षिक साधारणसभा, करोबार रु. एक अर्व ३३ करोड नाघ्यो

    काठमाडौँ । श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागबजार, काठमाडौँको २४औ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    काठमाडौँ, बबरमहलमा आयोजित सो साधारणसभा सस्थाका अध्यक्ष तिर्थराज न्यौपानेको सभापतित्व तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले संस्थाका अध्यक्ष न्यौपानेद्वारा प्रस्तुत चालु आवको बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभामा लेखा सुपरिवेक्षण प्रतिबेदन, आव २०८०/०८१ को वित्तिय विवरणहरुको साथमा आव २०८१/०८२ को बार्षिक बजेट तथा कार्यक्रम पारित भएको छ ।

    त्यसैगरी साधारणसभाले लाभांश वितरण सम्बन्ध हुँदै आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु पारित गरेको छ ।

    साथै चालु आवको वासलात हिसाब अनुसार शेयर पूजी १० करोड १३ लाख ५७ हजार रुपैयाँ हुँदा जगेडा कोष ८ करोड ३९ लाख ९० हजार रुपैयाँको रहन गएको छ । निक्षेपतर्फ १ अर्व ५ करोड ५४ लाख ८२ हजार रुपैयाँ भएको छ भने कर्जा सापट ८६ करोड ३६ लाख ४४ हजार रुपैयाँ भइ विविध कारोबार गरी चालु आवमा सस्थाले १ अर्व ३३ करोड १७ लाख ६६ हजार रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।

    साधारणसभामा जनप्रतिनिधि, विभिन्न पेशाकर्मी सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो । सस्था २५औ बर्षमा प्रवेश गरेको हुनाले साधारणसभामा रजत महोत्सव पनि मनाइएको थियो ।


    प्रकाशित : शनिबार, मंसिर १५ २०८११०:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार