२०८३, कार्तिक १२ गते बिहीबार

भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै विष्ट

भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै विष्ट


  • मेरोभ्यूज
  • मंसिर १६, २०८१ आइतबार

  • भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै विष्ट

    धरान, सुनसरी । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएको थियो । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनले कृषि क्षेत्रमा सक्रिय भए । अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही लागेको छ ।

    तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेको छ । हाल उनले एक विघामा भुइँकटहर लगाएको छ ।

    यसबाट वार्षिक रु १५ लाख आम्दानी हुने गरेको उनले सुनाए । वार्षिक रु एक लाख खर्च कटाउँदा रु १४ लाखसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ ।

    उनले भने, भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।

    ”उनका अनुसार भुइँकटहरको खेतीमा वर्षैपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा रु एक सयदेखि रु एकसय ५० सम्म बिक्री गर्दै आएको छ । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ ।

    अहिले सुनसरीको बराहक्षेत्रमा भुँइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनले सुनाए । उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ ।

    उनले एउटा विरुवालाई रु दसदेखि रु वीससम्ममा बिक्री गर्दै आएको छ । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदानस्वरुप रु ७७ हजार उपलब्ध गराइसकेको छ ।


    प्रकाशित : आइतबार, मंसिर १६ २०८१०९:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार