प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौ बार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेड कमलपोखरी काठमाडौँले सत्रौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बुधबार सुन्धारा काठमाडौँमा बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत बैंकको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले २०८१ असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धसमेत पारित गरि चालू आवको मुनाफाबाट ५ प्रतिशतको दरले ९७,०१,२८,७८६ रुपैयाँ नगद लाभांश वितरण गर्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।
त्यसैगरी चालू आवमा बैंकको चुक्ता पूजी १९ अर्व ४० करोड २५ लाख ७५ हजार ७१६ रुपैयाँको भएको छ भने निक्षेप २ खर्व १५ अर्व ५१ करोड ४२ लाख २६ हजार ६५२ रुपैयाँ को हुँदा कर्जा १ खर्व ९३ अर्व ९२ करोड ७४ लाख ३६ हजार ४४५ रुपैयाँको भएको छ ।
यसैगरी लगानी ४७ अर्व ६२ करोड ९४ लाख ८६ हजार ७३२ रुपैयाँको भइरहदा बैंकको कुल सम्पत्ति २ खर्व ६७ अर्व २३ लाख ८४ हजार ७४६ रुपैयाँको हुन आएको छ ।
साधारणसभामा शेयरधनीहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ अध्यक्ष श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जीव मानन्धरले दिनुभएको थियो । विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।
प्रकाशित :
बुधबार, मंसिर १९ २०८१११:४८
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।