२०८३, कार्तिक १२ गते बिहीबार

सहलह : सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा पुनः महर्जन निर्वाचित

सहलह : सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा पुनः महर्जन निर्वाचित


  • मेरोभ्यूज
  • मंसिर २३, २०८१ आइतबार

  • सहलह : सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा पुनः महर्जन निर्वाचित

    काठमाडौँ । सहलह : बचत तथा ऋण सहकारी सस्था लि., गल्कोपाखा, काठमाडौँको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    किर्तिपुर काठमाडौँमा शनिबार सस्थाका अध्यक्ष शान्तराज महर्जनको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले चालू आवको लेखापरीक्षण प्रतिबेदन, लाभांश वितरण गर्ने सम्बन्ध हुँदै आगामी आवको लागि सस्थाको प्रस्तावित बजेट नीति तथा कार्यक्रम, लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्नेलगायत प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।

    चालू आवको वासलात विवरण अनुसार सस्थाको शेयर पूजी १ करोड ७३ लाख ३७ हजार १०० रुपैयाँको भएको छ भने निक्षेप १५ करोड ४ लाख ७० हजार ५४४ रुपैयाँ ३१ पैसाको हुँदा ऋण/ कर्जा १२ करोड ४८ लाख ७७ हजार ३९० रुपैयाँ ७ पैसाको भएको छ।

    त्यसैगरी विविध कारोबार गरि चालू आवमा सस्थाको कुल कारोबार १९ करोड ५६ लाख ७ हजार ५१५ रुपैयाँ १७ पैसाको भएको छ ।

    साधारणसभामा कामपा वडा नम्बर १६ का अध्यक्ष खेमराज तिवारी, कानून ब्यावसायी, कलाकार, थकाली ज्यूहरु, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो ।

    आगामी कार्यकालको लागि पुनः शान्तराज महर्जनलाई सस्थाको अध्यक्षमा चयन गरि अन्य पदाधिकारीहरुसमेत चयन गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : आइतबार, मंसिर २३ २०८१०७:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार