क्यारिना साकोसको १६औं बार्षिक साधारणसभा सम्पन्न, काराेवार ६३ कराेड नाघ्यो
काठमाडौँ । क्यारिना बचत तथा ऋण सहकारी सस्था लि., पुल्चोक, ललितपुरले विभिन्न प्रस्तावहरु पारित गर्दै शनिबार १६औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
धोवीघाट ललितपुरमा सस्थाका अध्यक्ष चेतबहादुर बिष्टको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाका अध्यक्ष बिष्टद्वारा प्रस्तुत सस्थाको बार्षिक प्रतिबेदन पारित गर्दै आव २०८१/०८२ को नीति तथा कार्यक्रम, बजेट सम्बन्ध तथा आव २०८०/०८१ को लेखापरीक्षण प्रतिबेदन पारित गरेको छ ।
त्यसैगरी लाभांश वितरण सम्बन्ध हुँदै आगामी आवको लागि लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने, संचालक समितिले गरेको निर्णय अनुमोदनलगायत प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।
चलु आवमा सस्थाको शेयर पूजी ५ करोड ३८ लाख ९३ हजार २०० रुपैयाँको भएको छ भने ४७ करोड ४५ लाख १२ हजार ७५० रुपैयाँ सस्थाको निक्षेप दायित्व रहेको छ । कर्जा सापटी ५० करोड २५ लाख ११ हजार ८५ रुपैयाँ भइरहदा विविध कारोबार गरि यस बर्षको मसान्तसम्म सस्थाले ६३ करोड ७ लाख ६४ हजार ५०२ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।
कार्यक्रममा अध्यक्ष बिष्टले प्रतिबेदन प्रस्तुत गर्दै विभिन्न पक्ष तथा भावी योजनको बारेमा जानकारी दिनुभएको थियो भने सस्थाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद आचार्यले सस्थाको वर्तमान अवस्था रणनीति र सस्थाको प्रभावकारिता बारे प्रकाश पार्नु भएको थियो । साधारणसभामा सहकारी अभियन्ता, इन्जिनियर, कानूनब्यावसायी, सस्थामा आवद्ध कारोबारीको उपस्थिति रहेको थियो ।
प्रकाशित :
आइतबार, मंसिर २३ २०८१०७:१०
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।