निशानदेवी बचतको तेर्हौ बार्षिक साधारणसभा, विभिन्न प्रस्तावहरु पारित
काठमाडौँ । निशानदेवी बचत तथा ऋण सहकारी सस्था लि., ठमेल, काठमाडौँले शनिबार सस्थाका अध्यक्ष बुद्धिराज पाण्डेको सभापतित्वमा तेर्हौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बसुन्धारा, काठमाडौँमा सम्पन्न भएको सो साधारणसभाले सस्थाका अध्यक्षद्वारा प्रस्तुत आव २०८१ को बार्षिक प्रतिबेदन, कोषाध्यक्ष तथा लेखापरीक्षकको प्रतिबेदन पारित गरेको छ भने लेखा सुपरिवेक्षण प्रतिबेदन हुँदै आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने, संचालक समितिले गरेको निर्णय अनुमोदन गर्नेलगायत प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।
चालू आवमा सस्थाको चुक्ता शेयर पूजी ४ करोड ८४ लाख १५ हजार रुपैयाँको हुँदा बचत ११ करोड ३० लाख ९७ हजार ९०३ रुपैयाँ ९३ पैसाको भएको छ ।
त्यसैगरी १२ करोड ९४ लाख ४१ हजार २३८ रुपैयाँ कर्जा लगानी भइरहदा विविध कारोबार गरि चालू आवमा सस्थाले १९ करोड १८ लाख ४ हजार ५५६ रुपैयाँ ६८ पैसाको कुल कारोबार गर्न सफल भएको छ ।
साधारणसभामा अध्यक्ष पाण्डेले सहकारीको विभिन्न बिषयमा प्रकाश पार्दै बिश्वासको बाताबरण सृजना गर्दै जाने र वर्तमान स्थितिमा सहकारी सहजरूपमा चलिरहेको जानकारीसमेत दिनुभएको थियो । साधारणसभामा सहकारीकर्मी, अभियन्ता, ज्येष्ठ नागरिक, सहकारीमा आवद्ध कारोबारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित :
आइतबार, मंसिर २३ २०८१०७:१८
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।