२०८३, कार्तिक १२ गते बिहीबार

श्री गोरखकाली बहुउद्देश्यीय सहकारीको १०औं बार्षिक साधारणसभा सम्पन्न

श्री गोरखकाली बहुउद्देश्यीय सहकारीको १०औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • मंसिर २४, २०८१ सोमबार

  • श्री गोरखकाली बहुउद्देश्यीय सहकारीको १०औं बार्षिक साधारणसभा सम्पन्न

     काठमाडौँ । श्री गोरखकाली बहुउद्देश्यीय सहकारी सस्था लि. न्युरोड काठमाडौँको १०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    शनिबार खुसिबु, काठमाडौँमा सस्थाका अध्यक्ष कृष्ण धितालको सभापतित्व तथा जेष्ठ सदस्य गोपाल अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले अध्यक्ष धितालद्वारा प्रस्तुत सस्थाको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गर्दै आव २०८०/०८१ को कोषाध्यक्षको प्रतिबेदन, लेखा समिति, लेखापरीक्षण प्रतिबेदन साधारणसभाले पारित गरेको छ भने आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने सम्बन्ध, आगामी आवको लागि सस्थाको अनुमानित बजेट सम्बन्धलगायत प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा प्रस्तुत प्रतिबेदन अनुसार चालू आवमा सस्थाको शेयर पूजी ३ करोड ८ लाख ३ हजार १०० रुपैयाँको हुँदा निक्षेप रकम ८ करोड ९३ लाख ८ हजार ९७७ रुपैयाँको भएको छ । १३ करोड ४८ हजार १३८ रुपैयाँ ऋण लगानी भइरहदा अन्य विविध कारोबार गरि चालू आवमा सस्थाको कुल कारोबार १५ करोड ५७ लाख ७२ हजार ३०९ रुपैयाँको हुन आएको छ ।

    साधारणसभामा जेष्ठ आइडियोलोजी साकोसका अध्यक्ष हेमबहादुर कार्की, राष्ट्रिय सहकारी बैंक प्रतिनिधि, सहकारीमा आवद्ध कारोबारीलगायतको सहभागिता रहेको थियो भने विविध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : सोमबार, मंसिर २४ २०८११०:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार