इको हिमाल साकोसको १६औं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । इको हिमाल बचत तथा ऋण सहकारी सस्था लि, बालाजु, काठमाडौँले हालै १६औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
नयाबजार, काठमाडौँमा सस्थाका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट सचिव लेखनाथ पौडेलद्वारा प्रस्तुत सस्थाको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गर्दै लेखापरीक्षकको प्रतिबेदन, असार मसान्तसम्मको वासलात , नाफानोक्सान हिसाब पारित गरेको छ ।
साधारणसभामा आगामी आवको लागि सस्थाको नीति तथा कार्यक्रम , लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायत प्रस्तावहरु पारित भएका छन ।
चालू आवमा सस्थाको शेयर पूजी १ करोड ५२ लाख ४२ हजार १०० रुपैयाँ भएको छ भने निक्षेप दायित्व २४ करोड २३ लाख ९८ हजार ९२२ रुपैयाँ ७२ पैसाको हुँदा कर्जा सापटी २१ करोड १९ लाख ५४ हजार ९५३ रुपैयाँ २ पैसाको हुन आएको छ ।
त्यसैगरी विविध कारोबार गरि चालू आवमा सस्थाले २८ करोड २८ लाख ७२ हजार ४२२ रुपैयाँ ८३ पैसाको कुल कारोबार गर्न सफल भएको छ । साधारणसभामा सहकारीकर्मी, अभियन्ता, सस्थामा आवद्ध कारोबारीलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित :
बुधबार, मंसिर २६ २०८१११:०६
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।