२०८३, कार्तिक १२ गते बिहीबार

लोअर इर्खुवा हाइड्रो पावरको छैठौं बार्षिक साधारणसभा सम्पन्न

लोअर इर्खुवा हाइड्रो पावरको छैठौं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • मंसिर २६, २०८१ बुधबार

  • लोअर इर्खुवा हाइड्रो पावरको छैठौं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौँ । लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले छैठौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    मंगलबार बालुवाटार, काठमाडौँमा कम्पनीका अध्यक्ष कुमार पाण्डेको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष पाण्डेद्वारा प्रस्तुत कम्पनीको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    लेखापरीक्षकको प्रतिबेदनसहित चालू आवको वासलात , नाफानोक्सान हिसाब , नगद प्रवाह विवरण तथा आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने, शेयर सार्वजनिक निस्कासन गर्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।

    हाल कम्पनीको भू सतहमा निर्माणको काम ८८ प्रतिशत सम्पन्न भएको साधारणसभामा जानकारी दिइएको थियो भने सुरुङ खन्ने काम ९९ प्रतिशत, हाइड्रो मेकानिकल उपकरण जडान गर्ने काम ९० प्रतिशत सम्पन्न भएको र वैकल्पिक ३३ के.भी. लाइन निर्माण सुरु गर्ने कार्य समेत सम्पन्न भएको बताइएको छ ।

    त्यसैगरी आव २०८०/०८१ को कुल ब्यवस्थापन खर्च २ करोड ५४ लाख ७० हजार ४९५ रहेको छ भने कार्यालय संचालन खर्च ६९ लाख ९० हजार ८८४ हुन गएको छ । कार्यालय कर्मचारी खर्च तर्फ १ करोड ८४ लाख ७९ हजार ६१० हुँदै गर्दा चालू आवमा कम्पनीको जलविद्युत आयोजनामा २ अर्व ७५ करोड ३६ लाख २५ हजार ७०० कुल खर्च भएको साधारणसभामा बताइएको थियो ।

    यसैगरी यहि आर्थिक बर्ष भित्र विद्युतको व्यापारीक उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ । विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : बुधबार, मंसिर २६ २०८१११:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार