हिमालयन लघुवित्तको १३औं बार्षिक साधारणसभा सम्पन्न विभिन्न प्रस्तावहरु पारित
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय सस्था लिमिटेड चावहिल काठमाडौंको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
टेकु, काठमाडौंमा बिहीबार लघुवित्तका अध्यक्ष बिजयमान नकर्मीको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत लघुवित्तको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिबेदन, चालू आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने सम्बन्ध, २ जना संचालक सदस्य चयन गर्नेलगायत प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।
चालू आवको वासलात हिसाबमा लघुवित्तको चुक्ता पूजी ३१ करोड ९८ लाख १८ हजारको हुँदा बैंक तथा वित्तीय सस्थाबाट लिएको कर्जा सापट २ अर्व ६० करोड २६ लाख ९८ हजारको भएको छ ।
त्यसैगरी बचत निक्षेप ९० करोड ४२ लाख ८० हजारको हुँदा लगानीमा रहेको कर्जा ३ अर्व ७६ करोड ४७ लाख ५० हजार रहन गएको छ । १३ करोड ६१ लाख ५९ हजार जगेडा कोष चालू आवमा रहेको सो लघुवित्तको सिहावलोकन गरिएको आर्थिक बर्षमा २ अर्व ८० करोड ७ लाख ९४ हजार कर्जा वितरण भएको जनाइएको छ ।
यसैगरी भावी योजना अन्तरगत आव २०८१/ ०८२ मा कर्जा ४ अर्व ५२ करोड नघाउने लक्ष्य राखिएको छ भने बचत संकलन १ अर्व १ करोड पार गर्ने उद्देश्य बनाएको छ ।
साधारणसभामा शेयरधनीहरुबाट आएका जिज्ञासाको जवाफ अध्यक्ष नकर्मी र प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले दिनुभएको थियो । साथै साधारणसभाले कृष्णप्रसाद अधिकारी र शिवप्रसाद चौलागाईंलाई नया संचालक सदस्यमा चयन गरेको छ ।
-----
प्रकाशित :
बिहीबार , मंसिर २७ २०८१११:५७
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।