२०८३, कार्तिक १२ गते बिहीबार

सुपरमाई हाइड्रोपावरको १०औं बार्षिक साधारणसभा सम्पन्न उत्कृष्ट लाभांश (वोनस) वितरण

सुपरमाई हाइड्रोपावरको १०औं बार्षिक साधारणसभा सम्पन्न उत्कृष्ट लाभांश (वोनस) वितरण


  • मेरोभ्यूज
  • मंसिर ३०, २०८१ आइतबार

  • सुपरमाई हाइड्रोपावरको १०औं बार्षिक साधारणसभा सम्पन्न उत्कृष्ट लाभांश (वोनस) वितरण

    काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड, ज्ञानेश्वर, काठमाडौंले १०औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    नक्साल, काठमाडौंमा शुक्रबार कम्पनीका अध्यक्ष अशोककुमार खडकाको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत कम्पनीको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    लेखापरीक्षण प्रतिबेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै साधारणसभाले आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायत प्रस्तावहरु पारित गरेको छ ।

    चालू आवमा हाइड्रोपावरको शेयर पूजी ५० करोडको रहेको छ भने मध्यम तथा दीर्घकालीन ऋण ७८ करोड ५३ लाख ४५ हजारको हुन आएको छ ।

    त्यसैगरी १ अर्व ३० करोड २२ लाख ६६ हजार ९६ रुपैयाँ स्थीर सम्पत्ति रहेको सो हाइड्रोपावरले चालू आव २०८०/०८१ मा ७ करोड ३ लाख ३ हजार ६९० रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

    यसैगरी कम्पनीले यस बर्ष शेयरधनीहरुलाई चुक्ता पूजीको ५.६३१ प्रतिशतले हुने रकम २,८१,५७,८९४।६३ पैसा नगद लाभांश र चुक्ता पूजीको ७ प्रतिशत अर्थात ३,५०,००० कित्ता शेयर १०० को दरले हुने रकम ३ करोड ५० लाख वोनस वितरण गर्ने घोषणा गरेको छ । साधारणसभामा शेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ अध्यक्ष खडकाले दिनुभएको थियो ।

    -----


    प्रकाशित : आइतबार, मंसिर ३० २०८१११:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार