बुढानिलकण्ठ विजनेस सहकारीको १५औं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । बुढानिलकण्ठ बिजनेस बचत तथा ऋण सहकारी सस्था लि., न्युरोड, काठमाडौंको १५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
न्युरोड, काठमाडौंमा शनिबार सस्थाका अध्यक्ष अनुपलाल मानन्धरको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्षले पेश गरेको सस्थाको बार्षिक प्रतिबेदन पारित गरेको छ भने चालू आवको वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षण प्रतिबेदन, आव २०८१/०८२ को लेखापरीक्षक नियुक्तिलगायत प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा प्रस्तुत चालू आवको वासलात हिसाब अनुसार सस्थाको शेयर पूजी ६१ लाख ३४ हजार ८०० रुपैयाँको भएको छ भने निक्षेप हिसाब ४ करोड ६६ लाख ४५ हजार ७२० रुपैयाँ २१ पैसाको हुँदा ऋण लगानी ४ करोड ६९ लाख ७२ हजार ८१९ रुपैयाँको भएको छ ।
यसैगरी विविध कारोबार गरि चालू आवमा सस्थाले ५ करोड ८७ लाख २७ हजार २५० रुपैयाँ १४ पैसाको कुल कारोबार गर्न सफल भएको छ ।
साधारणसभामा सेब्सका अध्यक्ष सन्तोष बिष्ट र सस्थाका निवर्तमान अध्यक्ष सगुन सुन्दर लावतीले सहकारीको विषयमा बोल्दै शुभकामना व्यक्त गर्नु भएको थियो भने अन्य विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।
प्रकाशित :
आइतबार, मंसिर ३० २०८१११:५१
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।