२०८३, कार्तिक १२ गते बिहीबार

स्कोप सहकारीको ३१औं बार्षिक साधारणसभा सम्पन्न

स्कोप सहकारीको ३१औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष २, २०८१ मंगलबार

  • स्कोप सहकारीको ३१औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । स्कोप बचत तथा ऋण सहकारी सस्था लि. सौगल, ललितपुरको ३१औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    हालै पाटनढोका, ललितपुरमा सस्थाका अध्यक्ष वीरकाजी शाक्यको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष शाक्यद्वारा प्रस्तुत सस्थाको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गर्दै चालू आवको लेखा सुपरिवेक्षण प्रतिबेदन, आव २०८१/०८२ को सस्थाको बार्षिक योजना बजेट सम्बन्ध साधारणसभामा पारित भएको छ ।

    त्यसैगरी चालू आवको वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको प्रतिबेदन, साधारणसभाले पारित गरेको छ भने आयव्यय विवरण, आगामी आवको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, ६ प्रतिशतको दरले लाभांश वितरण गर्नेलगायत प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आवमा सस्थाको चुक्ता शेयर पूजी ७ करोड ७ लाख ८१ हजार ६०० को भएको छ भने निक्षेप रकम ७६ करोड ६५ लाख ४३ हजार ३३ रुपैयाँ ३७ पैसा हुँदा कर्जा तथा सापट ६८ करोड ५९ लाख ३५ हजार १४७ रुपैयाँ १५ पैसाको भएको छ । १३ करोड १३ लाख ८५ हजार ३०९ रुपैयाँ ५५ पैसा लगानी रहेको सो सहकारीले अन्य विविध कारोबार गरि चालू आवमा १ अर्व ९ लाख ४६ हजार ४२३ रुपैयाँ ६८ पैसाको कुल कारोबार गर्न सफल भएको छ ।

    साधारणसभामा निवर्तमान अध्यक्ष यज्ञराज बज्राचार्य, सल्लाहकार किरणभाइ बज्राचार्यलगायतका अतिथिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो भने अभियन्ता, सहकारीकर्मी, समाजसेवी सस्थामा आवद्ध कारोबारीलगायतको सहभागिता रहेको साधारणसभा अन्य विविध कार्यक्रम गर्दै सम्पन्न भएको थियो ।

    -----


    प्रकाशित : मंगलबार, पौष २ २०८१११:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार