२०८३, कार्तिक १२ गते बिहीबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को छैटौं बार्षिक साधारणसभा सम्पन्न

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को छैटौं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष ४, २०८१ बिहीबार

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को छैटौं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बिहीबार बैंकका अध्यक्ष अनुज अग्रवालको सभापतित्वमा छैटौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    बबरमहल, काठमाडौंमा सम्पन्न सो साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत बैंकको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गर्दै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरणसमेत साधारणसभाले पारित गरेको छ ।

    त्यसैगरी आगामी आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न । चालू आवमा बैंकको पूजी संरचना ४० अर्व कायम नै रहेको छ भने चालू आवको प्रतिबेदन तयार भएको मितिसम्म ३१ अर्व २० करोड कर्जा स्वीकृत गर्दा २३ अर्व ७४ करोड कर्जा प्रवाह भएको छ भने बैंकको मुद्दती निक्षेप ५ अर्व ७९ करोड पुगेको छ ।

    यसैगरी चालू आवमा बैंकको कूल सम्पत्ति ३५ अर्व २६ करोड हुँदै गर्दा व्याज आम्दानी ८१.२२ करोड भएको छ भने व्याज खर्च रु ९.३ करोड कायम हुन आएको छ । साधारणसभामा शेयर धनीहरुले राखेको जिज्ञासाको जवाफ अध्यक्ष अग्रवाल र प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले दिनुभएको थियो ।

    साथै चालू आवमा बैंकको सबै सुचाङ्कहरु सकरात्मक भएकोले यसैलाई थप वृद्धि गर्दै जाने साधारणसभामा जानकारी गराइएको थियो ।


    प्रकाशित : बिहीबार , पौष ४ २०८११०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार