२०८३, कार्तिक १२ गते बिहीबार

निब्स सहकारीको १५औं बार्षिक साधारणसभा सम्पन्न

निब्स सहकारीको १५औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष ७, २०८१ आइतबार

  • निब्स सहकारीको १५औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । निब्स बचत तथा ऋण सहकारी सस्था लि. ठमेल, काठमाडौंको १५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    शनिबार सामाखुशी, काठमाडौंमा सस्थाका अध्यक्ष क्याप्टेन क्षत्रबहादुर महोत्रा क्षेत्रीको सभापतित्व तथा कामपा २६ वडा अध्यक्ष खेमप्रसाद तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले अध्यक्ष महोत्राद्वारा प्रस्तुत सस्थाको बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    त्यसैगरी आव २०८०/०८१ को लेखापरीक्षण प्रतिबेदन, वासलात हिसाब, व्याजदर अनुमोदन सम्बन्ध, पीडित सदस्यहरुका लागि ऋण व्याज जरिवाना मिनाहा गर्ने सम्बन्ध, निस्कृय सदस्य खारेजी गर्ने प्रस्ताव साधारणसभामा पारित भएका छन भने आव २०८१/०८२ को सस्थाको नीति तथा कार्यक्रम, आगामी आवको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।

    साधारणसभामा प्रस्तुत चालू आवको वासलात हिसब अनुसार शेयर पूजी १ करोड १६ लाख १० हजार ६०० रुपैयाँको भएको छ भने निक्षेप दायित्वतर्फ २ करोड ६३ लाख ४ हजार ६८७ रुपैयाँ १० पैसा हुँदा ३ करोड २५ लाख ६ हजार २३६ रुपैयाँ २९ पैसाको कर्जा लगानी भएको छ ।

    यसैगरी विविध कारोबार गरि चालू आवमा सस्थाको कुल कारोबार ४ करोड ३५ लाख ४६ हजार ४९४ रुपैयाँ ७० पैसाको हुन आएको छ ।

    साधारणसभामा प्रमुख अतिथि तिवारीले सस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विश्वासको वातावरण सृजना गरि अगाडि बढन आग्रह गर्नुभयो भने अन्य अतिथिहरुबाट पनि सस्थाप्रति शुभकामना व्यक्त गरिएको थियो । साधारणसभामा भूतपूर्व सैनिक, सहकारी कर्मी, अभियन्ता, सस्थासँग आवद्ध कारोबारीहरुको सहभागिता रहेको थियो ।


    प्रकाशित : आइतबार, पौष ७ २०८११०:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार