काठमाडौं । देव दर्शन बचत तथा ऋण सहकारी सस्था लि. चन्द्रागिरि काठमाडौंको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार चन्द्रागीरिमा सस्थाका अध्यक्ष रामनारायण घिमिरेको सभापतित्व तथा पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत आव ०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभामा चालू आवको लेखापरीक्षण प्रतिबेदन, लाभांश वितरण सम्बन्ध, निर्वाचन, सस्था एकीकरण सम्बन्ध प्रस्ताव पारित भएका छन भने आगामी आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आवमा सस्थाको शेयर पूजी ५ करोड ६ लाख १९ हजार १०० रुपैयाँको भएको छ भने निक्षेप संकलनतर्फ ९९ करोड ३२ लाख ३ हजार ९३९ रुपैयाँ हुँदा कर्जा सापटी तथा लगानी ९१ करोड ४२ लाख ९९ हजार १५१ रुपैयाँको भएको छ ।
विभिन्न खर्च कटाएर ३९ लाख २५ हजार ८०७ रुपैयाँ मुनाफा आर्जन गरेको सो सहकारीले चालू आवमा १ अर्व १० करोड ६ लाख २७ हजार ९४७ रुपैयाँको कुल कारोबार गर्न सफल भइ चन्द्रागिरिको उदाहरणीय सहकारी बनेको छ ।
कार्यक्रममा प्रमुख अथिति रहनु भएका पूर्वमन्त्री तथा सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीलाई शुभकामना व्यक्त गर्दै सस्थाको संचालक समिति तथा नेतृत्वको प्रशंसा गर्नुभएको थियो भने सहकारीको सम्पत्ति अपचलन गर्नेलाई कार्यबाही गरिने दाबी गर्नुभयो । साथै उहाँले आगामी दिनमा आफू सहकारीमन्त्री हुने संकेतसमेत सभामा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न स्कुलका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार, सम्मान प्रदान गरिनुका साथै सस्थामा आवद्ध उत्कृष्ट कारोबारी समाजसेवीलगायतलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरी साधारणसभाले आगामी कार्यकालका लागि पुन: रामनारायण घिमिरेलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा बेनी मैया घले, सचिव नानू पण्डित तथा कोषाध्यक्षतर्फ राजु कार्की चयन हुनुभएको छ ।
यसैगरी संचालक सदस्यहरुमा राम तामाङ, तिर्थकुमार लामा र लक्ष्मण बलामी चयन हुनुभएको छ । लेखा संयोजकमा बिमल बिक्रम बानिया तथा सदस्यहरुमा वसन्त महर्जन र माधवप्रसाद रेग्मी चयन हुनुभएको छ । साधारणसभामा सहकारीकर्मी, अभियन्ता, इन्जिनियर, विभिन्न संघ/सस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

