२०८३, कार्तिक १२ गते बिहीबार

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी


  • मेरोभ्यूज
  • पौष ९, २०८१ मंगलबार

  • गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

    घोराही, दाङ । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमेत पठाउने गरेका छन् ।

    घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछा मार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् ।

    घरेलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्ने ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन् । घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।

    “उत्पादित सामग्रीको किनबेचको व्यवस्था यहीँबाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भने । हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ । एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन् ।


    प्रकाशित : मंगलबार, पौष ९ २०८११०:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार