२०८३, कार्तिक १२ गते बिहीबार

फर्स्ट माइक्रोफाइनान्स लघु वित्तको १५औं बार्षिक साधारणसभा सम्पन्न ९.४७ प्रतिशत लाभांश वितरण गर्ने

फर्स्ट माइक्रोफाइनान्स लघु वित्तको १५औं बार्षिक साधारणसभा सम्पन्न ९.४७ प्रतिशत लाभांश वितरण गर्ने


  • मेरोभ्यूज
  • पौष ११, २०८१ बिहीबार

  • फर्स्ट माइक्रोफाइनान्स लघु वित्तको १५औं बार्षिक साधारणसभा सम्पन्न ९.४७ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय सस्था लि. ज्ञानेश्वोर, काठमाडौंले १५औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    बिहीबार काठमाडौंमा आयोजित सस्थाका अध्यक्ष राजा अर्यालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    लेखापरीक्षकको प्रतिबेदनको साथमा वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण २०८१ साधारणसभाले पारित गरेको छ भने आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव हुँदै ९.४७ प्रतिशत लाभांश वितरण गर्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।

    समिक्षा बर्षको मसान्तसम्ममा लघु वित्तद्वारा ७७२ करोड कर्जा प्रवाह भएको छ भने १४ करोड ६ लाख ४९ हजार २३१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न लघु वित्त सफल भएको छ ।

    त्यसैगरी लघु वित्तले हालसम्म ३१.५२ करोड नगद तथा ७८.४४ करोड बराबरको वोनस शेयर लाभांश वितरण गरेको जनाएको छ ।

    यसैगरी ४६.०३ करोड बराबरको हकप्रद शेयर जारी गरी चुक्ता पूजी १३४.४८ करोड पुर्याउन लघु वित्त सफल भएको आयोजित साधारणसभामा जानकारी गराइएको थियो ।

    साथै आगामी आवमा लघु वित्तले कम्पनीको अधिकृत पूजी २ अर्व र १ अर्व ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँ चुक्ता पूजी वृद्धि गर्ने लक्ष्य राखेको छ ।

    साधारणसभामा शेयरधनीहरुबाट उठेका प्रश्नहरुको जवाफ अध्यक्ष अर्याल र प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेलले दिनुभएको थियो ।


    प्रकाशित : बिहीबार , पौष ११ २०८११०:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार