काठमाडौं । सामाजिक सेवा बहुउद्देश्यीय सहकारी सस्था लि. धुम्बाराही, काठमाडौंको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सस्थाका अध्यक्ष नारायण घिमिरेको सभापतित्व तथा रास्ट्रिय सहकारी महासङघ नेपालका नायब महाप्रबन्धक बाबुल खनालको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणले अध्यक्ष घिमिरेद्वारा प्रस्तुत सहकारीको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिबेदनसहित चालू आवको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्ध साधारणसभामा पारित भएका छन भने प्रगति प्रतिबेदन, आगामी आवको अनुमानित बजेट सम्बन्ध हुँदै आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।
सस्थाको चालू आवको वासलात हिसाब अनुसार ८३ लाख ९८ हजारको शेयर पूजी हुँदा निक्षेप १ करोड ३० लाख ५१ हजार ९१३ रुपैयाँको भएको छ । कर्जा प्रवाह ८३ लाख ३८ हजर ६८८ रुपैयाँको भइरहदा विविध गरी यस आवमा सहकारीले २ करोड ३१ लाख ४ हजार ३९३ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।
साधारणसभामा प्रमुख अतिथि खनालले सहकारीप्रति शुभकामना व्यक्त गर्नुभएको थियो भने सस्थाका अध्यक्ष घिमिरेले सहकारीको चालू आवको बार्षिक सस्था प्रतिबेदन प्रस्तुत गर्नुभएको सो साधारणसभामा प्रबन्ध निर्देशक अनुप ठकुरीले सस्थाको गतिविधिबारे प्रकाश पार्नुभएको थियो । साथै शेयरधनीहरुलाई शेयर प्रमाणपत्रसमेत प्रदान गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

