काठमाडौं । परिवार कल्याण बचत तथा ऋण सहकारी सस्था लि. ज्ञानेश्वोर, काठमाडौंको १७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
धुम्बाराही, काठमाडौंमा शनिबार सस्थाका अध्यक्ष डा. प्रकाश शर्माको सभापतित्वमा सम्पन्न भएको सो साधारणसभाले अध्यक्ष शर्माद्वारा प्रस्तुत सस्थाको बार्षिक प्रतिबेदन पारित गर्दै आव २०८०/०८१ को लेखापरीक्षण प्रतिबेदन, लाभांश वितरण सम्बन्ध, आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।
चालू आवको वासलात हिसाब अनुसर सस्थाको शेयर पूजी ८८ लाख २००० रुपैयाँको हुँदा निक्षेप हिसाब १ करोड ९२ लाख ३२ हजार ४०२ रुपैयाँको भएको छ भने कर्जा तथा ऋण लगानी २ करोड ६९ लाख ९१ हजार ९०१ रुपैयाँको हुन आएको छ ।
त्यसैगरी अन्य विविध गरी चालू आवमा सहकारीले ३ करोड ६८ लाख ७ हजार १०७ रुपैयाँ ६१ पैसाको कुल कारोबार गर्न सफल भएको छ ।
यसैगरी साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजासेवी, सहकारीमा आवद्ध कारोबारीलगायतको सहभागिता रहेको थियो भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

