२०८३, कार्तिक १२ गते बिहीबार

सामुदायिक सहकारीको २८औं बार्षिक साधारणसभा सम्पन्न, ६.७९ प्रतिशत लाभांश वितरण

सामुदायिक सहकारीको २८औं बार्षिक साधारणसभा सम्पन्न, ६.७९ प्रतिशत लाभांश वितरण


  • मेरोभ्यूज
  • पौष १५, २०८१ सोमबार

  • सामुदायिक सहकारीको २८औं बार्षिक साधारणसभा सम्पन्न, ६.७९ प्रतिशत लाभांश वितरण

    काठमाडौं । सामुदायिक बचत तथा ऋण सहकारी सस्था लि. न्युरोड, काठमाडौंको २८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    कालिमाटी, काठमाडौंमा सस्थाका अध्यक्ष उद्धवदेव उपाध्यायको सभापतित्व तथा बागमती प्रदेश सांसद तथा पूर्वमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट सस्थाको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    त्यसैगरी सचिव विनोद श्रेष्ठद्वारा प्रस्तुत आव २०८१/०८२ को प्रस्तावित योजना साधारणसभाले परित गर्दै लेखापरीक्षण प्रतिबेदन, लाभांश वितरण सम्बन्ध, आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।

    साधारणसभामा जानकारी गराइएको वासलात हिसाब अनुसार चालू आवमा सस्थाको चुक्ता शेयर पूजी ९ करोड १३ लाख ९४ हजार ४०० रुपैयाँको हुँदा निक्षेप हिसाब ५८ करोड ४ लाख ५ हजार २६१ रुपैयाँ ७९ पैसाको भएको छ । कर्जा सापटीतर्फ ८० करोड ६० लाख ६५ हजार ३२७ रुपैयाँ ३६ पैसा हुँदै गर्दा अन्य विविध गरि चालू आवमा ९९ करोड ४६ लाख ६० हजार ९५८ रुपैयाँ ७० पैसाको कुल कारोबार गर्न सस्था सफल भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री थापाले सस्थाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै सक्षम संचालक समितिको नेतृत्वले गर्दा सस्थाले सफलता हासिल गरेकोमा बधाई दिए भने सस्थाका अध्यक्ष उपाध्यायले सहकारीको नीतिनियम कानून अनुसार सस्था संचालन गरेकोले नै सफलता हासिल गरेको बताउँदै वर्तमान अवस्थामा पनि सरलताका साथ कारोबारीहरुलाई सेवा दिई रहेको जानकारी दिए ।

    ढुक्क साथ सहकारीमा लगानी गर्न पनि उनले अपील गरे । साधारणसभामा सहकारीकर्मी अभियन्ता विभिन्न संघ/सस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी सस्थामा आवद्ध कारोबारीलगायतको सहभागिता रहनुका साथै अन्य विविध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : सोमबार, पौष १५ २०८११२:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार