२०८३, कार्तिक १२ गते बिहीबार

मैत्री साकोसको ३२औं बार्षिक साधारणसभा सम्पन्न

मैत्री साकोसको ३२औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष १५, २०८१ सोमबार

  • मैत्री साकोसको ३२औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । मैत्री बचत तथा ऋण सहकारी सस्था लि. बालुवाटार, काठमाडौंको ३२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सस्थाका अध्यक्ष अभयप्रसाद गोर्खालीको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष गोर्खालीद्वारा शनिबार प्रस्तुत प्रतिबेदन पारित गर्दै लेखापरीक्षकको प्रतिबेदन, चालू आवको वासलात हिसाब, आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।

    चालू आवको वासलात हिसाब अनुसार सस्थाको चुक्ता शेयर पूजी २ करोड ५७ लाख ७० हजार ३०० रुपैयाँको हुँदा निक्षेप हिसाब ३० करोड ११ लाख १६ हजार ८६८ रुपैयाँ ५२ पैसाको भएको छ । ८ करोड ५१ लाख ४५ हजार ३५ रुपैयाँ ५१ पैसाको लगानी भैरहदा सो सहकारीको कर्जा तथा सापटी २५ करोड ६२ लाख ५ हजार ८११ रुपैयाँ ५३ पैसाको हुन आएको छ ।

    त्यसैगरी विविध गरी चालू आवमा सस्थाले ४१ करोड २० लाख ९८ हजार ७४९ रुपैयाँ २९ पैसाको कुल कारोबार गर्न सफल भएको छ ।

    साधारणसभामा सहकारीकर्मी अभियन्ता विभिन्न संघ/सस्थाका प्रतिनिधि, सहकारीमा आवद्ध कारोबारीहरुको उपस्थिति रहेको सो साधारणसभा विभिन्न कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।


    प्रकाशित : सोमबार, पौष १५ २०८११२:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार