काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सोमबार जिल्ला प्रशासन कार्यालय महोत्तरीका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
सो क्रममा महोत्तरी निर्वाचन क्षेत्र नं३ का सांसद एवं लोसपाका राष्ट्रिय अध्यक्ष माननीय महन्थ ठाकुरसहित मधेश प्रदेश सरकारका शिक्षा संस्कृति मन्त्री रानी शर्मा, प्रदेश सभा सदस्यहरु जैनुल राईन र रमिता प्रधान सहभागी थिए ।
यसैबीच मन्त्री भण्डारी र अध्यक्ष महन्थ ठाकुरले जलेश्वर उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा मधेसको विकास बारे छलफल गरेका थिए ।

