२०८३, कार्तिक १२ गते बिहीबार

श्रीबृद्धी बहुउद्देश्यीय सहकारीको १२औं बार्षिक साधारणसभा सम्पन्न

श्रीबृद्धी बहुउद्देश्यीय सहकारीको १२औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष १६, २०८१ मंगलबार

  • श्रीबृद्धी बहुउद्देश्यीय सहकारीको १२औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । श्रीबृद्धी बहुउद्देश्यीय सहकारी सस्था लि. नख्खु, ललितपुरले १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    महालक्ष्मी स्थान ललितपुरमा सोमबार सस्थाका अध्यक्ष जगदीश्वर अधिकारीको सभापतित्व तथा संविधानसभा सदस्य उदय नेपाली श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाका अध्यक्ष अधिकारीद्वारा प्रस्तुत प्रतिबेदन पारित गर्दै आव २०८१/०८२ को आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन, सस्था एकीकरण सम्बन्ध, आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।

    साधारणसभामा प्रस्तुत चालु आवको वासलात हिसाब अनुसार सस्थाको शेयर पूजी १ करोड ५६ लाख १४ हजार १०० रुपैयाँ हुँदा निक्षेप हिसाब ३ करोड ७५ लाख ३ हजार ७४ रुपैयाँ २६ पैसाको भएको छ । ऋण हिसाब तर्फ ५ करोड २६ लाख ७२ हजार १५४ रुपैयाँ २९ पैसा भैरहदा चालू आवमा सस्थाले ५ करोड ९७ लाख ६५ हजार १८ रुपैयाँ ३४ पैसाको कुल कारोबार गर्न सफल भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले सस्था प्रति शुभकामना व्यक्त गरेका थिए भने सस्थाका अध्यक्ष अधिकारीले सहकारीको गतिविधिबारे प्रकाश पारेका थिए ।

    त्यसैगरी सस्थाका सचिव शिव सुनार, लेखा संयोजक देवीदत्त ढकाललगायतले मन्तव्य राखेका थिए । साथै निकट भविस्यमै सस्था एकीकरणमा जाने आयोजित साधारणसभामा जानकारी गराइएको थियो ।


    प्रकाशित : मंगलबार, पौष १६ २०८११२:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार