काठमाडौं । अभिन्न बहुउद्देश्यीय सहकारी सस्था लि. सातदोबाटो ललितपुरको १४औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
सोमबार महालक्ष्मी स्थान ललितपुरमा सस्थाका अध्यक्ष दिपेन्द्र सिम्खडाको सभापतित्व तथा संविधान सभा सदस्य उदय नेपाली श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सस्थाका अध्यक्ष सिम्खडाद्वारा प्रस्तुत बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखापरीक्षण प्रतिबेदन, २०८३ सम्मको सस्थाको आर्थिक बजेट सम्बन्ध तथा लाभांश वितरण सम्बन्ध साधारणसभाले पारित गरेको छ भने सस्था एकीकरण, आगामी आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
चालू आवमा सस्थाको शेयर पूजी ४ करोड ६१ लाख ६ हजार ५०० रुपैयाँको भएको छ भने बचत निक्षेप हिसाब १७ करोड ४८ लाख ३९ हजार २९५ रुपैयाँको हुँदा कर्जा लगानीतर्फ ४६ करोड ८६ लाख ६२ हजार ६६७ रुपैयाँको हुन आएको छ ।
त्यसैगरी चालू आवमा सस्थाले विविध गरि ५२ करोड २३ लाख ६१ हजार ७९३ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।
साधारणसभामा प्रमुख अतिथि श्रेष्ठले सहकारी प्रति शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना तथा सस्था एकीकरण हुने बारे बधाई व्यक्त गरे भने सस्थाका अध्यक्ष सिम्खडाले सस्थाको चालू आवको गतिविधि, आयव्याय तथा प्रगति विवरण बारे जानकारी गराएका थिए ।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, विभिन्न संघ सस्थाका प्रतिनिधि, सस्थामा आवद्ध कारोबारीहरुको सहभागिता रहेको थियो भने भाग्यशाली कुपनमार्फत सहभागीहरुलाई पुरस्कार वितरण गर्दै सस्था एकीकरण गर्ने घोषणासहित साधारणसभा सम्पन्न भएको थियो ।

