काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, काठमाडौंले पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
मङ्गलबार बानेश्वर, काठमाडौंमा कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष गौतमद्वारा प्रस्तुत कम्पनीको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षक प्रतिबेदनसहित आव २०८०/०८१ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, रिक्त रहेको संचालक सदस्य चयन गर्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
चालू आवमा सामान्य गतिशीलता हासिल गरेको कम्पनीले आव २०८१/०८२ मा कम्पनी नाफामा जाने अध्यक्ष गौतमले दावी गरे भने केही दिन अघि एक सञ्चार माध्यमले गलत समाचार सम्प्रेशन गरेकोप्रति रुष्टसमेत व्यक्त गरे रास्ट्रिय बाणिज्य बैंकसँग ४७ करोड ऋण सम्झौता गरी उपभोग गरिएकोमा आव २०८१ असार मसान्तसम्म ४४ करोड ३८ लाख ६३ हजार भुक्तानी गर्न बाकी रहेको साधारणसभामा जानकारी गराएइको थियो । नेको इन्स्योरेन्स कम्पनीमा ३७ लाख ३० हजार १०७ रुपैयाँ भुक्तानी गरिएको समेत कम्पनीले जनाएको छ ।
त्यसैगरी साधारणसभाले रिक्त रहेको पद पूर्तिका लागि संचालक सदस्यहरुमा बद्रीप्रसाद गौतम, राजनकुमार दाहाल, ध्रुवकुमार रेग्मी र स्वतन्त्र संचालकमा भारतराज पोखरेललाई निर्वाचित गरेको छ ।
यसैगरी शेयरधनीहरुले साधारणसभामा राखेका जिज्ञासाको जवाफ अध्यक्ष गौतमले दिएका थिए ।

