काठमाडौं । टि्हमचन ट्होमफोव बचत तथा ऋण सहकारी सस्था लि. सुनधारा, काठमाडौंले शनिबार १५औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सामाखुसी, काठमाडौंमा सस्थाका अध्यक्ष कृष्णप्रसाद शेरचनको सभापतित्वमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष शेरचनले प्रस्तुत गरेको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
कोषाध्यक्षद्वारा प्रस्तुत आम्दानी खर्च, नाफा/नोक्सान हिसाब, आगामी आवको अनुमानित बजेट सम्बन्ध साधारणसभाले पारित गरेको छ भने संचालक समितिको निर्णय अनुमोदन, निर्वाचन सम्बन्ध, आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आवमा सस्थाको शेयर पूँजी १ करोड ८१ लाख ८४ हजार ६०० रुपैयाँको भएको छ भने निक्षेप दायित्व २८ करोड ३१ लाख ८२ हजार ११७ रुपैयाँ ९८ पैसा हुँदा कर्जा सापटी भने २४ करोड ८१ लाख ४६ हजार ७३३ रुपैयाँ ३१ पैसाको हुन आएको छ ।
त्यसैगरी ७८ लाख ८६ हजार २४५ रुपैयाँ ०२ पैसा जगेडा कोष रहेको सो सहकारीले विविध गरी चालू आवमा ३२ करोड ८१ लाख ५७ हजार १८८ रुपैयाँ ०८ पैसाको कुल कारोबार गर्न सफल भएको छ ।
साधारणसभामा अध्यक्ष शेरचनले चालू आवमा सस्थाले गरेको प्रगती विवरणबारे प्रकाश पार्दै सस्थाको गतिशीलता कायम नै रहेको जानकारी दिए भने अतिथि वक्ताहरुले सस्थाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै सस्था प्रती शुभकामना दर्शाए ।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, थकाली समाजका बुद्धिजीवी सस्थामा आवद्ध कारोबारीलगायतको सहभागिता रहेको थियो भने आगामी कार्यकालको लागि सस्थाको संचालक समितिको अध्यक्षमा पुनःकृष्णप्रसाद शेरचनलाई चयन गरी अन्य पदाधिकारीहरुसमेत चयन गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

