काठमाडौं । जे.एम.इ.बहुउद्देश्यीय सहकारी सस्था लि. न्युरोड, काठमाडौंको २०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष सुरेन्द्र जोशीको सभापतित्वमा शुक्रबार बासबारी, काठमाडौंमा सम्पन्न सो साधारणसभाले अध्यक्ष जोशीद्वारा प्रस्तुत सस्थाको बार्षिक प्रतिबेदन पारित गरेको छ भने आव २०८१ को आर्थिक प्रतिबेदन, आव २०८१/०८२ को सस्थाको नीति तथा कार्यक्रम, आगामी आवको लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।
साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आवमा सस्थाको शेयर पूँजी ४ करोड २० लाख रुपैयाँ हुँदा निक्षेप हिसाब १४ करोड २७ लाख रुपैयाँ पार गरेको छ । कर्जा सापटीतर्फ १९ करोड ३२ लाख ५५ हजार ६५३ रुपैयाँ हुँदा विविध गरी चालू आवमा सस्थाले २२ करोड ४६ लाख २४ हजार ९८६ रुपैयाँको कुल कारोबार गर्न सस्था सफल भएको छ ।
साधारणसभाले आगामी कार्यकालका लागि सस्थाको संचालक समिति अध्यक्षमा पुन:सुरेन्द्र जोशीलाइ निर्वाचित गरेको छ भने उपाध्यक्षमा दिपेन्द्र जोशी, सचिवमा गणेशमान श्रेष्ठ, कोषाध्यक्षमा सरोज जोशी निर्वाचित भएका छ्न ।
त्यसैगरी संचालक सदस्यहरुतर्फ पुरुषोत्तम अर्याल, ईश्वर श्रेष्ठ तथा गणेश ढकाल निर्वाचित भएका छ्न । अन्य विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

