२०८३, कार्तिक १२ गते बिहीबार

हिमाली बहुउद्देश्यीय सहकारीको ३२औं बार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा श्रेष्ठ चयन

हिमाली बहुउद्देश्यीय सहकारीको ३२औं बार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा श्रेष्ठ चयन


  • मेरोभ्यूज
  • पौष २०, २०८१ शनिबार

  • हिमाली बहुउद्देश्यीय सहकारीको ३२औं बार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा श्रेष्ठ चयन

    काठमाडौं । हिमाली बहुउद्देश्यीय सहकारी सस्था लि. चाबहिल, काठमाडौंको ३२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    शनिबार धुम्बाराही, काठमाडौंमा सस्थाका अध्यक्ष खड्गबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको चालू आवको सस्थाको बार्षिक प्रतिबेदन पारित गरेको छ भने प्रबन्ध निर्देशक सिताराम गिरीद्वारा प्रस्तुत सस्थाको प्रगती प्रतिबेदन तथा भावी योजनासमेत पारित गर्दै लेखा समिति प्रतिबेदन, आव २०८०/०८१ को वासलात, नाफा/नोक्सान हिसाब, लेखापरीक्षण प्रतिबेदन, निर्वाचन सम्बन्ध, लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा जनाइए अनुसार चालू आवमा सस्थाको शेयर पूजी १ करोड ५० लाख ३६ हजार ६३ रुपैयाँ ४५ पैसा हुँदा निक्षेप हिसाब ५ करोड ९७ लाख ९८ हजार ६२६ रुपैयाँ ४६ पैसाको भएको छ ।

    कर्जा लगानीतर्फ ५ करोड ७८ लाख ७४ हजार ६४६ रुपैयाँ ०६ पैसा कायम भै चालू आवमा सस्थाले ८ करोड ६४ लाख ८ हजार ८५५ रुपैयाँ १० पैसाको कुल कारोबार गर्न सफल भएको छ ।

    सहकारीकर्मी अभियन्ता सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको सो साधारणसभाले आगामी कार्यकालका लागि संचालक समितिको अध्यक्षमा पुनः खड्गबहादुर श्रेष्ठलाई चयन गरी अन्य पदाधिकारीहरुसमेत चयन गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शनिबार, पौष २० २०८१११:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार