काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी सस्था लि, बत्तिसपुतली, काठमाडौंको २७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
धुम्बाराही, काठमाडौंमा हालै सस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष सिटौलाद्वारा प्रस्तुत सस्थाको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
त्यसैगरी आव २०८०/०८१ को लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, सस्थाले गरेको निर्णय अनुमोदन, लाभांश वितरण सम्बन्ध साधारणसभाले पारित गरेको छ भने सस्था एकीकरण भवन निर्माण सम्बन्ध हुँदै आव २०८१/०८२ को लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, सस्थाको २०८१/०८२ को नीति तथा कार्यक्रमलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
यस अघि बागबजार र महाराजगन्ज काठमाडौंमा इकाइ सभा सम्पन्न गरेको सो सहकारीको सभामा सम्पन्न भएको निर्णय प्रमाणित सभा पनि भएको सहकारीले जानकारी गराइएको थियो ।
सस्थाको चालू आवको वासलात हिसाब अनुसार शेयर पूजी ९ करोड ३४ लाख ३ हजार ५०० रुपैयाँको भएको छ भने निक्षेप हिसाब २ अर्व २४ करोड ६६ लाख ४२ हजार ६० रुपैयाँ हुँदा ऋण लगानी १ अर्व ३२ करोड ४१ लाख १६ हजार ७४६ रुपैयाँको हुन आएको छ ।
यसैगरी २४ करोड ६३ लाख ८ हजार ५२१ रुपैयाँ जगेडा कोष रहेको सो सहकारीले चालू आव २०८१ असार मसान्त सम्म २ अर्व ६३ करोड ५९ लाख ३ हजार ३६० रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।
साधारणसभामा अध्यक्ष सिटौलाले सस्थाको चालू आवको समग्र गतिविधि प्रस्तुत गर्दै विभिन्न प्रतिकुलताको बाबजुद पनि सहकारीले उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको प्रति गर्व गर्दै सहकारीले गतिशीलता हासिल गर्दै जाने बिश्वास व्यक्त गरे भने अन्य विविध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न भएको थियो ।
काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक कार्यक्षेत्र रहेको सो सहकारीको केन्द्रिय कार्यालय बत्तिसपुतली,काठमाडौंमा रहेको छ भने उपत्यका भित्र ईन्द्रचोक, इमाडोल, सूर्यविनायकमा सेवा केन्द्र रहेको छ ।

