काठमाडौं । साबल सहकारी सस्था लि,धुम्बाराही, काठमाडौंको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सुकेधारा, काठमाडौंमा हालै सस्थाका अध्यक्ष तीर्थराज खरेलको सभापतित्वमा सम्पन्न सो साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष खरेलले प्रस्तुत गरेको सस्थाको बार्षिक प्रतिबेदन पारित भएको छ भने लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेकापरिक्षकको प्रतिबेदन, वित्तिय विवरण, लाभांश वितरण सम्बन्ध पारित गर्दै आव २०८१/०८२ को प्रस्तावित बजेट सम्बन्ध, लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध लगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
चालू आव असारमसान्तसम्मको वासलात हिसाब अनुसार सस्थाको शेयर पूजी ९ करोड ९४ लाख ७० हजार हुँदा निक्षेप हिसाब ९२ करोड ४६ लाख ७५ हजार ६३१ रुपैयाँको भएको छ । कर्जा सापटीतर्फ ७३ करोड ८२ लाख ३९ हजार २३ रुपैयाँ कायम भै १५ करोड ९५ लाख १३ हजार ६८८ रुपैयाँ जगेडा कोष रहन गएको सो सहकारीले आव २०८१ असार मसान्तसम्म १ अर्व २० करोड ९४ लाख ९४ हजार २५३ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।
साधारणसभामा अध्यक्ष खरेलले वर्तमान अवस्थामा सहकारी क्षेत्र आलोचनाको बिषय बन्दा पनि सस्थाको कारोबार पारदर्शी भइ सस्थाको दुरुपयोग नगरी सुखद तवरले परिचालित भएको बताउदै सस्था प्रति विश्वस्त रहन कारोबारीहरुलाई अनुरोध गरे ।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, बुद्धिजीवी, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो । विविध कार्यक्रम गर्दै १० प्रतिशत लाभांश वितरण गरिने घोषणासहित साधारणसभा सम्पन्न भएको थियो ।

