२०८३, कार्तिक १७ गते मंगलबार

पशुपति क्षेत्र बिकास कोष प्रशासनको श्रमिक माथिको ज्यादती कहिलेसम्म

पशुपति क्षेत्र बिकास कोष प्रशासनको श्रमिक माथिको ज्यादती कहिलेसम्म


  • मेरोभ्यूज
  • पौष २२, २०८१ सोमबार

  • पशुपति क्षेत्र बिकास कोष प्रशासनको श्रमिक माथिको ज्यादती कहिलेसम्म

    काठमाडौं । विसं २०७५ देखि पशुपति क्षेत्र बिकास कोषको मातहतमा रहि पशुपति मन्दिर सरसफाइमा कार्यरत दुई जना सरसफाइ सुपरिवेक्षकसहित ४० जना श्रमिकलाई नियमितरूपमा काममा लगाउने क्रममा २०८० असार १ गतेदेखि लागुहुने गरी पशुपति क्षेत्र बिकास कोष प्रशासनले प्रत्येक श्रमिकसँग नागरिकता, ब्यक्तिगत स्थायी लेखा नम्बर र बिकास कोषको फारामसहित ब्यक्तिगत निवेदनको आधारमा श्रमिकलाई कोषको परिचयपत्रसहित काममा लगाएको थियो ।

    विसं २०८० असार महिनादेखि पशुपति क्षेत्र बिकास कोषले आफ्नो बैंक खातामार्फत श्रमिकको मासिक पारिश्रमिक भुक्तानी गर्न थालेको थियो ।

    सोही क्रममा ४० जना श्रमिकमध्ये नाइके महेश्वर राजवंशी, सन्तोष कार्की र तारा लामालाई मात्र नियुक्त पत्र दिएपछि बाँकी ३७ जना श्रमिकहरूले पुनः २०८० असोज ३० गते कोषमा ८९५ दर्ता नम्बर रहेको संयुक्त निवेदन दिएकोमा कोष प्रशासनले निवेदनको सुनुवाइ नगरे पश्चात् मिति २०८० माघ २९ गते श्रम तथा ब्यवसायजन्य सुरक्षा बिभाग मीनभवन, काठमाडौंमा दर्ता नम्बर २२४७ मा नियमित रोजगारीको रोजगार सम्झौता दिलाइ पाउ भनी सामुहिक निवेदन दर्ता भएको थियो ।

    श्रम बिभागमा २०८० चैत ६ गते र २०८१ बैशाख २७ गते कोष प्रशासन र श्रमिकबीच वार्ता भएको थियो ।

    मिति २०८१ साउन २१ गते श्रम बिभागको दर्ता नम्बर २८४ मा पशुपति क्षेत्र बिकास कोषको तर्फबाट उपनिर्देशक रेवतिरमण अधिकारीले हस्ताक्षर गरेको पत्रमा निवेदकहरू कोषमा कार्यरत श्रमिक भएको स्वीकार गर्दै २०८१ असार मसान्तसम्म दिनुपर्ने पारिश्रमिक रकम कोषको खाताबाट निवेदनहरूको खातामा जम्मा गरिएको पत्र दर्ता भएको थियो ।

    नियमितरूपमा कार्यरत ३७ जना श्रमिकलाई अचानक खुकुरी नेपाल नामक कम्पनीको नामबाट २०८१ जेठ र असारको तलब बैंक खातामा आएपछि श्रमिकहरू २०८१ भदौ १२ गते श्रम तथा रोजगार कार्यालय काठमाडौंमा दर्ता नम्बर ६६२ मा पारिश्रमिक तथा सेवा सुविधाको रकम दिलाइ पाउ भनी निवेदन दर्ता गराएको थियो ।

    त्यसपछि कोष प्रशासनले विभिन्न माध्यमबाट श्रमिक आपूर्तिकर्तामार्फत रोजगार सम्झौता गर्न दवाब दिने काम भयो ।

    मिति २०८१ भदौ २६ गते श्रमिकको निवेदनमा निर्णय गर्दै निवेदकहरूलाई मुख्य रोजगारदाता पशुपति क्षेत्र विकास कोष वा रोजगारदाता श्रमिक आपूर्तिकर्तामार्फत काममा लगाउदा श्रम ऐन २०७४ को दफा ११ बमोजिम रोजगार सम्झौता गरेर मात्र काममा लगाउने निर्णय भएको थियो ।

    बिभागले गरेको अस्पष्ट निर्णयलाई वदर गरी पशुपति क्षेत्र बिकास कोषलाई नियमित रोजगारीको रोजगार सम्झौता गरी काममा लगाउने निर्णय गरी पाउ भनी २०८१ असोज ११ गते श्रम अदालत भक्तपुरमा 081-LA-0063 श्रमिकहरूको तर्फबाट पुनरावेदन दर्ता भएको थियो ।

    विसं २०८१ कात्तिक ३० गते कार्यकारी निर्देशक सुवासचन्द्र जोशीको निर्देशन भन्दै सरसफाइ नाइके राजवंशीले खाली कागजमा हस्ताक्षर गर्न भनेकोले श्रमिकहरूले कागज नपढी हस्ताक्षर नगर्ने अडान लिएपछि पुन:सरसफाइ नाइके राजवंशी र सन्तोष कार्कीले खुकुरी नेपाल नामक कम्पनीको फाराममा हस्ताक्षर गर्न दवाब दिएकोले श्रमिकहरू श्रम अदालत भक्तपुरमा मिति २०८१ मंसिर ५ गतेका दिन मुद्दा नम्बर 081-AP-0023 मा अन्तरकालिन आदेश माग गर्दै निवेदन दिएकोमा सम्मानित श्रम अदालतले मिति २०८१ मंसिर ६ गतेका दिन श्रमिकलाई श्रमिक आपूर्तिकर्तामार्फत रोजगार सम्झौता गर्नेलगायत यस सम्बन्धी अन्य काम नगर्नु/नगराउनु यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरकालिन आदेश जारी भएको थियो ।

    सो पश्चात् मंसिर १९ गते दुबै पक्षको बहस भएको थियो र सोही दिन सम्मानित श्रम अदालतबाट मुद्दा नम्बर 081-LA-0063 र 081-LA-0068 को अन्तिम किनारा नलागेसम्म श्रमिक आपूर्तिकर्ताबाट रोजगार सम्झौता गर्न दवाब नदिनु, आपूर्तिकर्तामार्फत रोजगार सम्झौता नगर्नु/नगराउनु र बिपक्षी कोषबाट नै नियमितरूपमा पारिश्रमिक भुक्तानी गर्नु भनी अन्तरकालिन आदेश दिएको थियो ।

    सदाझै पुस १ गते बिहान मन्दिर सरसफाइ काममा जादा सफाइ नाइके कार्कीले खुकुरी नेपाल कम्पनीको फाराममा हस्ताक्षर नगरेसम्म हाजिर गर्न र काम गर्न नदिने भनेर काम गर्न रोक लगाए भने १० बजे अर्का नाइके राजवंशीले पनि कम्पनीको फाराममा हस्ताक्षर नगरेसम्म काम नदिने भनेपछि श्रमिकहरू अदालतको आदेशको सम्मान गर्दै नियमित काममा लगाउन अनुरोध गर्दै धर्नामा बसेका थिय ।

    विसं २०८१ पुस ४ गते श्रमिकले श्रम अदालत भक्तपुरमा आफूहरूलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन अन्तरिम आदेश माग गर्दै 081-AP-0026 नम्बरको मुद्दा दर्ता भएको थियो र सम्मानित श्रम अदालतबाट पुस ५ गते यथास्थितिमा काम लगाउन अल्पकालीन अन्तरकालीन आदेश जारी गरी पुस ११ गते दुबै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो । पुस ११ गते दुबै पक्षको बहसपछि पुस १८ गते छलफलको पेसी तोकी अल्पकालीन अन्तरकालिन आदेशलाई निरन्तरता दिएको छ ।

    श्रमिकले अदालतको आदेशको प्रतिलिपिसहित आफूहरूलाई हाजिरसहित काममा लगाउन पशुपति क्षेत्र बिकास कोषमा ०८१/०९/०७ मा दर्ता नम्बर १३८२ र ०८१/०९/१२ मा दर्ता नम्बर १४२६ पत्र दर्ता गरे पनि हालसम्म हाजिर लगाइ काममा लगाएको छैन ।


    प्रकाशित : सोमबार, पौष २२ २०८११०:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार