२०८३, कार्तिक १२ गते बिहीबार

मकर जितुमाया सुरी हाइड्रोपावरको १६औं बार्षिक साधारणसभा सम्पन्न

मकर जितुमाया सुरी हाइड्रोपावरको १६औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष २२, २०८१ सोमबार

  • मकर जितुमाया सुरी हाइड्रोपावरको १६औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । हालै मकर जितुमाया हाइड्रोपावर लिमिटेड त्रिपुरेश्वोर, काठमाडौंको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    धुम्बाराही, काठमाडौंमा सम्पन्न सो साधारणसभाले हाइड्रोपावरको संचालक समितिको तर्फबाट अध्यक्ष हिमाल गुरुङद्वारा प्रस्तुत आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    त्यसैगरी लेखापरीक्षक प्रतिबेदनसहित आव २०८०/०८१ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरू साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा जानकारी दिइए अनुसार चालू आव २०८०/०८१ मा हाइड्रोपावरले सुरी खोला जलविद्युत परियोजना (७ मे.वा.) र माथिल्लो सुरीखोला जलविद्युत परियोजना (७ मे.वा.) ले आव २०८०/०८१ मा २५ करोड ९२ लाख ७८ हजार ६२ रुपैयाँको विद्युत उत्पादन गरी बिक्री गर्न सफल भएको छ ।

    दीर्घकालीन परियोजना ऋण अन्तरगत बैंकबाट ९५ करोड ऋण उपभोग गरेकोमा २०८१ असार मसान्तसम्म ९१ करोड ७१ लाख ५३ हजार ८ सय रुपैयाँ भुक्तानी बाकी रहेको छ ।

    कम्पनीको दोस्रो परियोजना अन्तरगत दीर्घकालीन ऋण १ अर्व १२ करोड ८१ लाख २० हजार २ सय रुपैयाँ परियोजना ऋण सानिमा बैंक गरी २ अर्व ४ करोड ५२ लाख ७४ हजार दीर्घकालीन परियोजना अन्तरगत ऋण उपभोग गरिएको कम्पनीले जनाएको छ भने ४ करोड ८० लाख रुपैयाँ अल्पकालीन ऋण अन्तरगत उपभोग गरिएको छ ।

    दुवै जलविद्युत परियोजनाको सम्पूर्ण सम्पत्ति १,९१,४३,५७,४३९ सानिमा जीआइसी इन्सुरेन्समा वीमा गरिएकोमा ४१,१०,१६८ भुक्तानी गरिएको समेत साधारणसभामा जानकारी दिइएको थियो ।

    यसैगरी लस अफ प्रफिटका लागि २२,०३,३६२ भुक्तानी गरिएको आयोजित साधारणसभामा जानकारी दिइएको थियो ।

    अन्य विविध कार्यक्रम गर्दै सम्पन्न भएको साधारणसभामा शेयरधनीहरुबाट आएका जिज्ञासाको जवाफ अध्यक्ष गुरुङले दिएका थिए ।


    प्रकाशित : सोमबार, पौष २२ २०८११०:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार