काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड, धुम्बाराही, काठमाडौंको नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मंगलबार धुम्बाराही, काठमाडौंमा कम्पनीका अध्यक्ष विनयकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिले प्रस्तुत गरेको कम्पनीको बार्षिक प्रतिबेदन पारित गरेको छ ।
त्यसैगरी कम्पनीको आव २०८०/०८१ को लेखापरीक्षण प्रतिबेदनसहित २०८१ असार मसान्तसम्मको वित्तीय विवरण, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गर्दै चालू आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, निर्वाचन सम्बन्ध, कम्पनी एकीकरण गर्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
साधारणसभामा प्रस्तुत प्रतिबेदनमा जनाइए अनुसार कम्पनीले विद्युत उत्पादन गरेको छोटो समयमै आव २०८१ असार मसान्तसम्मको बिक्रीबाट ३५ करोड २४ लाख ७० हजार ४७१ रुपैयाँ आम्दानी गर्न सफल भएको छ भने आश्विन मसान्तसम्ममा ५५ करोड ७१ लाख २७ हजार ४७२ रुपैयाँ कम्पनीले प्राप्त गरेको जनाएको छ ।
साधारणसभामा जानकारी गराइए अनुसार कुल आयोजना लागत १३ अर्व ३३ करोड रुपैयाँबाट वृद्धि भइ १३ अर्व ९७ करोड रुपैयाँ कायम हुन आएको छ भने विभिन्न वित्तीय संघ/सस्थाहरुसँग कारोबार गर्दै मंसिर मसान्तसम्म कम्पनीले ९ अर्व ८२ करोड ७७ लाख ६१ हजार ७७४ रुपैयाँ उपयोग गरेको जनाएको छ ।
कम्पनीको चालू आवको आश्विनसम्मको आम्दानीबाट बैंक कर्जाको सावाँ व्याज बापत २९ करोड ७० लाख १० हजार ३५ रुपैयाँ कम्पनीले भुक्तानी गरेको कम्पनीले आयोजित साधारणसभामा बताएको छ ।
यसैगरी श्री ओरिएनटल इन्स्योरेन्समा ५१ प्रतिशत र श्री सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ४९ प्रतिशत वीमा कम्पनीले गरेको छ भने साधारणसभामा शेयरधनीहरुबाट आएका जिज्ञासाको जवाफ अध्यक्ष श्रेष्ठ र कम्पनीका महाप्रबन्धक सुदिप रोकाले दिएका थिए ।
अन्य विविध कार्यक्रमका साथमा सम्पन्न भएको साधारणसभाले आगामी कार्यकालको लागि विनयकुमार श्रेष्ठ, विनोद ओझा, शिवकुमार बस्नेत र सुमना न्यौपानेलाई संचालक सदस्यमा चयन गरेको छ निकट भविस्यमै कम्पनीको बिशेष बैठकले अध्यक्ष चयन गर्नेछ ।

