काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्र विन्दु बनाइ गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
उनले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै भनेको छ -‘म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’
साथै उनले मृतकका परिवारजन, महामहिम राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

