२०८३, कार्तिक १७ गते मंगलबार

माओवादीले भन्यो– भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको साथमा छौं

माओवादीले भन्यो– भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको साथमा छौं


  • मेरोभ्यूज
  • पौष २४, २०८१ बुधबार

  • माओवादीले भन्यो– भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको साथमा छौं

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्यी काउन्टी केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

    माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज वक्तव्य जारी गरी यस दुःखको घडीमा आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनाताको साथमा रहेको उल्लेख गरेका छन् । 

    माओवादीले भूकम्प परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र  घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । माओवादीले भूकम्पमा परेका नागरिकको खोज तथा उद्धार र पुनःस्थापनाका प्रयासमा सफलता मिलोस् भनी शुभेच्छा व्यक्त गरेको छ । 

    नेपालमा पनि भूकम्पको धक्का महसुस गरिए पनि मानवीय क्षति नभएको जानकारी प्राप्त भएको उल्लेख गर्दै माओवादीले परकम्प आउनसक्ने भएकाले चनाखो र सतर्क रहन सबैमा आग्रह गरेको छ । 

    press release ९-२४.jpg


    प्रकाशित : बुधबार, पौष २४ २०८१०८:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार