२०८३, कार्तिक १२ गते बिहीबार

विभिन्न प्रस्ताव पारित गर्दै माथिल्लो मैलुङ खोला जलविद्युतको ११औं बार्षिक साधारणसभा सम्पन्न

विभिन्न प्रस्ताव पारित गर्दै माथिल्लो मैलुङ खोला जलविद्युतको ११औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष २५, २०८१ बिहीबार

  • विभिन्न प्रस्ताव पारित गर्दै माथिल्लो मैलुङ खोला जलविद्युतको ११औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड, धुम्बाराही, काठमाडौंले बिहीबार ११औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    सुकेधारा, काठमाडौंमा आयोजित साधारणसभामा कम्पनीका अध्यक्ष रामेश्वर रिजालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिबेदन पारित गरेको छ भने कम्पनीको आव २०८०/०८१ को लेखापरीक्षण प्रतिबेदनसहित असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्ध साधारणसभाले पारित गरेको छ ।

    त्यसैगरी आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, उपयुक्त कम्पनीसँग कम्पनी एकीकरण गर्नेलगायतका प्रस्तावहरू साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा प्रस्तुत प्रतिबेदन अनुसार चालू आव २०८०/०८१ मा कम्पनीले २,१५,२४,०८० किलोवाट घन्टा विद्युत उत्पादन गर्न सफल भइ १२ करोड ८ लाख २२ हजार ९८ रुपैयाँ प्राप्त गर्न सफल भएको छ भने चालू आवको आश्विनसम्म ५,१२,०५,५०२ किलोवाट घन्टा विद्युत उत्पदन गरी २६ करोड ३२ लाख ९२ हजार ९२४ रुपैयाँ आम्दानी गर्न कम्पनी सफल भएको छ ।

    साथै आयोजनाको आम्दानीबाट ऋण प्रदायक बैंकहरुलाई चालू आवको आश्विनसम्मको कुल सावा बापत रु.१,९५,५१,००० र व्याज बापत रु.१२,११,०७,५९८ भुक्तानी गरिएको साधारणसभामा जानकारी दिइएको थियो भने रोयल्टी बापत नेपाल सरकारलाई आव २०८१/०८२ आश्विनसम्मको रु. २८,४९,४१६ रुपैयाँसमेत भुक्तान गरेको कम्पनीले जनाएको छ ।

    यसैबीच आव २०८१ मा कम्पनीको चुक्ता पूजी १ अर्व अधिकृत पूँजी २ अर्व १० करोड हुँदा कुल सम्पत्ती ३ अर्व १३ करोड ८८ लाख ८४ हजार ५६ रुपैयाँ कायम भएको छ ।

    साधारणसभामा शेयरधनीहरुबाट आएको जिज्ञासाको समाधान कम्पनीका अध्यक्ष तथा संचालक समितिले गरेको सो साधारणसभा विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।

    रसुवा जिल्लाको उत्तरगया गाउँपालिका स्थित १४.३ मे.वा. जडित क्षेमता भएको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाले २०८० माघबाट विद्युत व्यापारिक उत्पादन गर्दै आएको श्रव्यदृश्यमार्फत पनि साधारणसभामा जानकारी गराइएको थियो ।


    प्रकाशित : बिहीबार , पौष २५ २०८१११:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार