२०८३, कार्तिक १३ गते शुक्रबार

श्रम सल्लाहकार परिषद बैठक

श्रम सल्लाहकार परिषद बैठक


  • मेरोभ्यूज
  • पौष २६, २०८१ शुक्रबार

  • श्रम सल्लाहकार परिषद बैठक

    काठमाडौं । श्रम सम्बन्धी विषयमा नेपाल सरकारलाई परामर्श दिने उद्देश्यले श्रम ऐन २०७४ को दफा १०२ बमोजिम गठन भएको केन्द्रीय श्रम सल्लाहकार परिषदका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको सभापितत्वमा शुक्रबार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

    बैठकले केन्द्रीय श्रम सल्लाहकार परिषदको अघिल्लो बैठकले गरेका निर्णयको कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै श्रम प्रशासन, सामाजिक सुरक्षा तथा व्यवसायजन्य सुरक्षा क्षेत्र सुधारका लागि महत्वपूर्ण निर्णय गरेको छ ।

    अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि ८१ श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ र महासन्धि ८७ सङ्गठनको स्वतन्त्रता र सङ्गठित हुने अधिकारको संरक्षणसम्बन्धी महासन्धि, १९४८ र वाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल २९ को अनुमोदन प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई सिफारिश गर्ने, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी प्रावधानहरुलाई व्यवस्थित गर्न (क) व्यवसायजन्य रोगहरुको सूचि, (ख) कार्यस्थलमा उत्सर्ग हुने ताप सम्बन्धी मापदण्ड र (ग) राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम स्वीकृत गरी कार्यान्वयन ल्याउन सिफारिश गरेको छ ।

    यस बाहेक, बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गर्न समितिको कार्य थप व्यस्थित बनाइ पुनरावलोकनको कार्य अगाडि बढाउन र सामाजिक सुरक्षा दायरा अभिवृद्धि गर्नेलगायतको विषयमा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

    बैठकले आउदो २०८१ फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गरिने श्रम तथा रोजगार सम्मेलनलाई सफलता र पूर्णताका लागि महत्वपूर्ण सुझाव प्रदान गर्दै श्रम सम्बन्धी ऐन कानूनमा समसामयिक परिमार्जन गर्न सुझाव दिनुका साथै बैठक सम्बन्धी कार्यविधिको मस्यौदा तयार गर्न समेत मन्त्रालयलाई सिफारिश गरेको छ ।


    प्रकाशित : शुक्रबार, पौष २६ २०८१०९:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार