काठमाडौं । विमर्श बचत तथा ऋण सहकारी सस्था लि. चाबहिल, काठमाडौंले १५औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
धुम्बाराही, काठमाडौंमा शनिबार सस्थाका अध्यक्ष कलकबहादुर खडकाको सभापतित्व तथा नेपाल सरकारका सहसचिव आभा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष खडकाद्वारा प्रस्तुत २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
त्यसैगरी साधारणसभाले आव २०८०/०८१ को सस्थाको वासलात, आयव्याय विवरण, आव २०८१/०८२ को सस्थाको कार्यक्रम तथा बजेट सम्बन्ध पारित गरेको छ भने लेखा समितिको प्रतिबेदन, सस्थाले गरेको निर्णय अनुमोदन सम्बन्ध, आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
साधारणसभामा प्रस्तुत प्रतिबेदन अनुसार चालू आवमा सस्थाको शेयर पूँजी ८ करोड २० लाख ८७ हजार रुपैयाँ हुँदा बचत तथा निक्षेप १३ करोड ६८ लाख १५ हजार ६२६ रुपैयाँ ४१ पैसाको भएको छ ।
यसैगरी कर्जा तथा सापट लगानी २३ करोड ४८ लाख ६७ हजार ४८३ रुपैयाँ ४४ पैसा भइ १६ लाख ७२ हजार ३३८ रुपैयाँ ४१ पैसा जगेडा कोष रहन गएको छ भने विविध गरि सस्थाले चालू आवमा २४ करोड ७० लाख १५ हजार ६६६ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।
साधारणसभामा अध्यक्ष खडकाले सस्थाको बार्षिक गतिविधिबारे प्रकाश पार्दै सस्थाले गतिशीलता हासिल गरिरहेको र सदस्यहरुलाइ निरन्तर सेवा दिई रहेको बताए भने कार्यकारी प्रमुख प्रेमध्वज कार्कीले सदस्यहरुको शेयर रकम, बचत रकम सुरक्षित रहेको जानकारी दिँदै निर्देशिका बमोजिम अगाडि बढिरहेको बताउदै आव २०८०/०८१ को वित्तिय विवरणसमेत प्रस्तुत गरे साधारणसभामा प्रमुख अतिथि श्रेष्ठले सस्था प्रति बधाई दिँदै उत्तरोत्तर प्रगति तथा सफलताको शुभकामना व्यक्त गरिन ।
यसैबीच अतिथिको आसनमा रहेका सहकारी अभियन्ता, धार्मिक व्यक्तित्व, समाजसेवी, विभिन्न संघ/सस्थाका प्रतिनिधिलगायतले बधाई तथा शुभकामना सस्था प्रति दिइएको थियो भने सहकारीमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, बाल बचत कर्ता, एसइइमा उत्कृष्ट अङ्क ल्याउने विध्यार्थी, ज्येष्ठ नागरिक लगायतलाई साधारणसभामा सम्मान गरिएको थियो साथै अन्य विविध कार्यक्रमसमेत गरी साधारणसभा सम्पन्न भएको थियो ।

