२०८३, कार्तिक १२ गते बिहीबार

सिन्धु काठमाडौं साकोसको २८ औं बार्षिक साधारणसभा सम्पन्न

सिन्धु काठमाडौं साकोसको २८ औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष २७, २०८१ शनिबार

  • सिन्धु काठमाडौं साकोसको २८ औं बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सिन्धु-काठमाडौं बचत तथा ऋण सहकारी सस्था लि. चाबहिलको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    धुम्बाराही, काठमाडौंमा शनिबार सस्थाका अध्यक्ष रविन्द्रप्रसाद धितालको सभापतित्व तथा वरिष्ठ सहकारी बिज्ञ केशव बडालको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष धितालद्वारा प्रस्तुत सस्थाको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने कोषाध्यक्षको प्रतिबेदन, आव २०८१/०८२ को बार्षिक बजेट सम्बन्ध, लेखापरीक्षक, लेखा सुपरिवेक्षण प्रतिबेदन साधारणसभाले पारित गर्दै आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायत प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालू आवमा सस्थाको शेयर पूँजी १ करोड ९८ लाख २३ हजार रुपैयाँको भएको छ भने बचत १७ करोड ७८ लाख १४ हजार ७४० रुपैयाँ ४६ पैसाको भएको छ ।

    कर्जा सापटी लगानी हिसाब १६ करोड ६६ लाख ४१ हजार ४६६ रुपैयाँ हुँदा ६१ लाख ७ हजार २२५ रुपैयाँ ७० पैसा जगेडा एवं अन्य कोष रहन गएको छ । विविध गरि चालू आवमा सस्थाले २० करोड ७० लाख ७१ हजार ८३० रुपैयाँ ८० पैसाको कुल कारोबार गर्न सफल भएको छ ।

    साधारणसभामा एसइइ, स्नातक, स्नातकोत्तर तह, एम फिल, पिएचडिमा उतिर्णहरुलाई सम्मान गरिएको थियो भने ज्येष्ठ सदस्यहरुसमेत सम्मानित भएका थिए । साधारणसभामा सहकारी अभियन्ता, सहकारीकर्मी, समाजसेवी, सहकारीमा आवद्ध कारोबारीहरुको उपस्थिति रहेको थियो । यसैबीच विविध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शनिबार, पौष २७ २०८१११:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार