२०८३, कार्तिक १२ गते बिहीबार

मञ्जुश्री फाईनान्सको १७औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

मञ्जुश्री फाईनान्सको १७औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • पौष २८, २०८१ आइतबार

  • मञ्जुश्री फाईनान्सको १७औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

    काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेड, नयाँबानेश्वर, काठमाडौंको १७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    नयाँबानेश्वर, काठमाडौंमा आइतबार फाईनान्सका अध्यक्ष यादव अधिकारीको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिले प्रस्तुत गरेको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखापरीक्षकको प्रतिबेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, लाभांश वितरण सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभाले हाल फाईनान्समा कायम रहेको चुक्ता पूँजी १,३५,१५,५२,८४८ रुपैयाँ ८० पैसाको ६.३५ प्रतिशतले हुन आउने बराबरको नगद लाभांश ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ ९० पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    फाईनान्सको चालू आव २०८०/०८१ को निक्षेप(हजारमा) १,८२,२२,००१ रहेको छ भने लगानी ४१,३२,६१९, हुँदा कुल कर्जा १,५५,३४,१८९ को भएको छ । कुल व्याज आम्दानीतर्फ २१,११,०५६ भइ संचालन मुनाफा ३,४८,८०१ तथा खुद मुनाफा २,२४६१५ कायम भएको छ ।

    त्यसैगरी फाईनान्सले कर्जा विस्तारतर्फ २६।२१ र निक्षेप परिचालनतर्फ २९।५९ प्रतिशत वृद्धि गरेको छ । साधारणसभामा अध्यक्ष अधिकारीले कम्पनीले सहजताका साथ सेवा दिइरहेको बताउँदै संचालक समिति, कर्मचारी बर्ग एक साथ रहि कम्पनी अगाडि बढने र अझ बढी सफलता हाँसिल गर्ने बताए भने कार्यकारी प्रमुख तेजराज तिमल्सिनाले सजिलो वातावरणमा काम गर्न पाएकोमा संचालक समितिलाई धन्यवाद दिँदै यस्तै वातावरणको साथ काम भइ रह्यो भने कम्पनीले अझ गतिशिलता हाँसिल गर्ने विश्वास व्यक्त गरे ।

    यसैगरी साधारणसभाले यादव अधिकारी, रामहरि शर्मा, सुमन अधिकारीलाई संचालक सदस्य र सतिश गौतमलाई सर्वसाधारणबाट निर्वाचित गरेको छ । साथै आगामी बैशाखसम्म फाईनान्सको कार्यालय कामनपा-१० बाट ११ मा सारिने घोषणासहित साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : आइतबार, पौष २८ २०८११०:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार