२०८३, कार्तिक १२ गते बिहीबार

हसना भास्तिपुर सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न, कारोबार १ अर्व ७४ करोड नाघ्यो, नकर्मीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

हसना भास्तिपुर सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न, कारोबार १ अर्व ७४ करोड नाघ्यो, नकर्मीको अध्यक्षतामा नयाँ नेतृत्व चयन


  • मेरोभ्यूज
  • पौष २८, २०८१ आइतबार

  • हसना भास्तिपुर सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न, कारोबार १ अर्व ७४ करोड नाघ्यो, नकर्मीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

    काठमाडौं । हसना भास्तिपुर बचत तथा ऋण सहकारी सस्था लि., चन्द्रागिरि, काठमाडौंको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनको सभापतित्व तथा बलम्बुका द्वारे पूर्णबहादुर महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाका अध्यक्ष महर्जनद्वारा प्रस्तुत सस्थाको आव २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    त्यसैगरी साधारणसभाले कोषाध्यक्षको आर्थिक प्रतिबेदन, लेखा समितिको प्रतिबेदन, आव २०८१ को लेखा परीक्षकको प्रतिबेदन पारित गरेको छ भने लाभांश सम्बन्ध, अनुमानित बजेट सम्बन्ध, निर्वाचन सम्बन्ध आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रतावहरु साधारणसभामा पारित भएका छ्न ।

    साधारणसभामा प्रस्तुत चालु आवको वासलात हिसाब अनुसार सस्थाको शेयर पूँजी ८ करोड २ लाख ८२ हजार ९०० रुपैयाँ भएको छ भने बचत रकम १ अर्व ३६ करोड ९४ लाख ४६ हजार १६५ रुपैयाँ रहन गएको छ । ऋण हिसाब १ अर्व ५८ करोड ५० लाख २१ हजार ३४३ रुपैयाँ हुँदै गर्दा विविध गरी चालु आवमा सस्थाले १ अर्व ७४ करोड ३४ लाख १३ हजार २६१ रुपैयाँको कुल कारोबार गरेको छ ।

    कार्यक्रममा सस्थाका अध्यक्ष महर्जनले सहकारीको बार्षिक गतिविधिबारे प्रकाश पार्दै विभिन्न आरोह अवरोहकाबीच पनि सहज तरिकाले सदस्यहरुलाई सेवा प्रदान गरिरहेको बतए भने आगामी दिनमा अझ गतिशिलताका साथ सहकारीले सकृय भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।

    यसैगरी सहकारी गतिविधि गर्दै जाने, सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने, विश्वासको वातावरण सृजना गरी सहकारीको कारोबार सदस्यहरुमा व्याप्त बनाउने विश्वास दिलाए भने प्रमुख अतिथि बलम्बुका द्वारे पूर्णबहादुर महर्जनले शेयर सदस्यलगायत सम्पूर्ण सहकारीकर्मीहरुलाई आ-आफ्नोतर्फबाट सक्दो सहयोग र जिम्मेवारी बहन गर्न अपील गर्दै सहकारीको उत्तरोत्तर प्रगतिको शुभकामना तथा बधाई व्यक्त गरे ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, विभिन्न संघ/सस्थाका प्रतिनिधि, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो भने एसइइ (२०८०) परिक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगद तथा सम्मानपत्र प्रदान गर्नुका साथै सस्थामा दस वर्षसम्म निरन्तर सेवा गर्ने कर्माचारीलाई दोसल्ला, सम्मानपत्र तथा नगद प्रदान गरिएको थियो ।

    साधारणसभाले सस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा निरज नकर्मीलाई चयन गरेको छ भने उपाध्यक्षमा राजमान महर्जन, सचिवमा सम्पुर्ण महर्जन तथा कोषाध्यक्षमा राजेन्द्र महर्जनलाई चयन गरेको छ । यसैगरी संचालक सदस्यहरुतर्फ नारायणकृष्ण महर्जन, संगीता महर्जन र सुरेश महर्जन चयन भएका छन् ।

    यसैबीच लेखा संयोजकमा हरिकृष्ण महर्जन, सदस्यद्वय ममता श्रेष्ठ र अशोक महर्जनलाई चयन गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : आइतबार, पौष २८ २०८११०:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार